२०८३, कार्तिक २ गते

Oct 18 2026

images
images

विश्वव्यापी रक्तदान अभियान अन्तरगत बुटवलमा रक्तदान, १४० युनिट रगत संकलन

विश्वव्यापी रक्तदान अभियान अन्तरगत बुटवलमा रक्तदान, १४० युनिट रगत संकलन

विश्वव्यापी रक्तदान अभियान अन्तरगत बुटवलमा रक्तदान, १४० युनिट रगत संकलन

विश्वव्यापी रक्तदान अभियान अन्तरगत बुटवलमा रक्तदान, १४० युनिट रगत संकलन

विश्वव्यापी रक्तदान अभियान अन्तरगत बुटवलमा रक्तदान, १४० युनिट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • बुटवल । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनीको आयोजनमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ।निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम भन्ने नाराका साथ १५७२ औं विश्वव्यापी रक्तदान अभियानको अवसरमा बुटवल परमेश्वर मण्डलीमा कार्यक्रम आयोजना गरिएको हो।

    नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा १४० युनिट संकलन भएको मण्डलीका सदस्य सुजन पुनले जानकारी दिए।

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले रक्तदान जस्तो महत्त्वपूर्ण कार्य अरु हुन नसक्ने भन्दै हरेक ब्यक्ती र समुदायले नियमित रक्तदान गर्नुपर्ने बताईन। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक समेत रहेकी उनले मण्डलीले मातालाइ उच्च प्राथमिकताका साथ लिएकाे थाहा पाउँदा निकै खुसि लागेकाे बताउँदै आमा ने सर्वस्व भएकाे तर्क गरिन् । 

    9a53d142-9f08-47f2-ad8c-fba31da1cebd.jpg

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले रक्तदानजस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्ने बताउदै बुटवल उपमहानगरपालिकाकाको बासिन्दालाई निशुल्क रगतको ब्यवस्थापन गरिएको जानकारी गराए।

    नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाका सदस्य सचिव राधा ज्ञवालीले आफुले दिएको रगतले कसैको ज्यान जोगिन्छ भने यो भन्दा ठूलो दान अरु केही नहुने बताईन।कार्यक्रममा समाजसेवी चिनञ्जिवी जोशी, एन्फा अध्यक्ष लोक पुन लगायतले बोलेका थिए।

    प्रदेश अध्यक्षको दिपेन्द्र श्रेष्ठ अध्यक्षता, पाल्पा तानसेन परमेश्वरको मण्डलीका प्रमुख धिरज राईको स्वागत र तथा प्रदेश समिती सदस्य जेम्स श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।यसले वातावरण संरक्षण, रक्तदान,सरसफाई, आपतकालीन राहत बितरण, लगायतका सामाजिक उत्तरदायीत्वक कामहरु समेत गर्दै आएको छ।

    रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट रक्तदाताहरु आएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij