२०८३, कार्तिक २ गते

Oct 18 2026

images
images

नुवाकोट रोड क्षेत्रमा सरसफाई : वातावरण संरक्षणमा विश्व सुसमाचार समाजको सक्रियता

नुवाकोट रोड क्षेत्रमा सरसफाई : वातावरण संरक्षणमा विश्व सुसमाचार समाजको सक्रियता

नुवाकोट रोड क्षेत्रमा सरसफाई : वातावरण संरक्षणमा विश्व सुसमाचार समाजको सक्रियता

नुवाकोट रोड क्षेत्रमा सरसफाई : वातावरण संरक्षणमा विश्व सुसमाचार समाजको सक्रियता

नुवाकोट रोड क्षेत्रमा सरसफाई : वातावरण संरक्षणमा विश्व सुसमाचार समाजको सक्रियता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित नुवाकोट रोड क्षेत्र सरसफाई गरिएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनी क्षेत्रीय संगठनको आयोजनामा ८७९२ औं विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सरसफाई तथा वातावरण संरक्षणको सन्देशमूलक अभियानमा सामाजिक संघसंस्थाको सक्रियता प्रशंसनीय रहेको बताए। "वातावरण संरक्षण हरेक नागरिकको दायित्व हो। यस्ता अभियानले बुटवललाई स्वच्छ र पर्यटकमैत्री सहर बनाउन टेवा पुर्याउँछ," प्रमुख पाण्डेयले भने।

    IMG_9862.JPG

    कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव राना, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पाैडेल,  १३ का अध्यक्ष नारायण पुन र वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पनि बोलेका थिए। उनीहरूले सरसफाई अभियानलाई निरन्तरता दिन स्थानीय सरकार सामाजिक संस्थासँग सहकार्य गर्न तयार रहेको बताए।

    संगठनका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विश्व सुसमाचार समाजले समाजसेवा, सरसफाई र मानवहितका कार्यहरूलाई निरन्तरता दिँदै आएको जानकारी गराए। अन्तर्राष्ट्रिय विश्वविद्यालय बाइबल एकेडेमी लुम्बिनी क्षेत्रीय प्रमुख धिरज राईको स्वागत मन्तव्यपछि कार्यक्रमको सञ्चालन संगठन सदस्य निरज ठगुराले गरेका थिए।

    _MG_9843.JPG

    कार्यक्रम अन्तर्गत भ्युप्वाइन्टतिर जाने सडक क्षेत्रमा विशेष सरसफाई गरिएको थियो। संगठनका सुजन पुनका अनुसार उक्त क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले सरसफाई गरिएको हो।

    सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्ता गतिविधिले बुटवलको वातावरण संरक्षण अभियानमा थप ऊर्जा थपेको छ। सहभागीहरूले आगामी दिनमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij