२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नि शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

नि शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

नि शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

नि शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

नि शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • बुटवल ।  खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्यसेवा लिएका छन।

    बुटवलको मेडिटेक अस्पतालको प्राबिधिक सहयोगमा अस्पतालमै भएको शिविरमा करिब ३ सय जना संघका सदस्यहरुले सेवा लिएको संघका रुपन्देही  अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले जानकारी दिए।

    अस्पतालसंगको समन्वयमा विभिन्न छुट सहित सम्झौता गरेकोले सदस्यहरुलाई सहुलियतसहित उपचार सेवा प्रदान हुने बताए। उनले २ वर्षको सम्झौता अनुसार २० प्रतिशत सम्म सहुलियत र वार्षिक एक पटक निस्शुल्क सेवा प्रदान गरिएको बताए। उनले शिविरमा औषधि बाहेक सबै निस्शुल्क सेवा दिइएको जनाए।

    शिविरको उउद्घाटनको अवसरमा बोल्दै अस्पतालका निर्देशक गणेश प्रसाद ज्ञवालीले अस्पतालले सामाजिक उत्तरदायीत्व सहितका सेवाहरु प्रदान गर्दैआईरहेको उल्लेख गरे। उनले स्वास्थ्य संगै शिक्षण सेवा समेत पछिल्लो समय अस्पतालले प्रदान गर्दै आईरहेको उल्लेख गरे। उनले अस्पतालबाट हाडजोर्नी , फिजिसियन, नाक कान घाटि, ईमर्जेन्सी ,सबै सेवा शुरु गरेको बताए। कार्यक्रममा बोल्दै संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले स्वाथ्य नै धन हो भन्ने धारणाको साथमा स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न ब्यवसायीलाई आग्रह गरे।

     उनले यस्ता किसिमका शिविर र छट सहितको सम्झौता मानविय क्षेत्रमा अनुकरणीय काम भएको बताए।कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन प्रसाद बस्याल, महासचिव दधि ज्ञवाली लगायतले बोलेका थिए।  सो अवसरमा स्त्री तत्गा प्रसुती रोग विशेषज्ञ डा।बिनिता सुवेदी, हाडजोर्नी विशेषज्ञ डा।गोपाल ज्ञावली र फिजिसियन डा सम्भु खनालले परिक्षण गर्दै आवश्यकता अनुसारको उपचार गरिएको अस्पतालले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij