२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराईः वरिष्ठ उपाध्यक्षका उम्मेदवार

उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराईः वरिष्ठ उपाध्यक्षका उम्मेदवार

उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराईः वरिष्ठ उपाध्यक्षका उम्मेदवार

उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराईः वरिष्ठ उपाध्यक्षका उम्मेदवार

उद्योगी–व्यवसायीका सारथी सुरज भट्टराईः वरिष्ठ उपाध्यक्षका उम्मेदवार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • बुटवल उवासंघको अधिवेशनः

    बुटवल । उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायीका समस्या समाधान र निजी क्षेत्रको सशक्त प्रतिनिधित्वका लागि व्यवसायी सुरज भट्टराई बुटवल उद्योग वाणिज्य संघको २६औं अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । व्यवसायिक क्षेत्रमा तीन दशकदेखि सक्रिय भट्टराई व्यवसायिका दैनिक समस्या, बजारको चुनौती र राज्यका नीति–नियमले निजी क्षेत्रमा पारिरहेको प्रभावलाई नजिकबाट बुझ्ने व्यवसायीका रूपमा परिचित छन् । व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि केवल व्यक्तिगत पहल पर्याप्त नहुने भन्दै उनले संस्थागत नेतृत्वमार्फत् व्यवसायीको साझा आवाजलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । भट्टराई नरिश्वर पौडेलको टिमबाट वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुन् । 


    भट्टराईको उम्मेदवारी केवल पद प्राप्तिका लागि नभई उद्योगी–व्यवसायीको हकहित, सम्मान र व्यावसायिक वातावरण निर्माणका लागि हो । उनले व्यवसायीमैत्री नीति निर्माणका लागि सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय, लगानीको वातावरण सुधार, स्थानीय उद्योग तथा व्यवसायको प्रवद्र्धन र युवा पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्र्धता व्यक्त गरेका छन् । पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तता, बढ्दो प्रतिस्पर्धा, बजारको अनिश्चितता, कर तथा प्रशासनिक झन्झटलगायतका कारण व्यवसायीले विभिन्न चुनौती सामना गरिरहेका छन् । 


    यस्तो अवस्थामा नेतृत्वले व्यवसायिका समस्या सुन्ने मात्र होइन, समाधानका लागि सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले आवाज पु¥याउन सक्नुपर्ने भट्टराईको बुझाइ छ । उद्योगी–व्यवसायीबिच एकता, सहकार्य र पारदर्शी नेतृत्व आवश्यक रहेको बताउँदै भट्टराईले आफू निर्वाचित भएमा सबै व्यवसायीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । साना, मझौला तथा ठुला व्यवसायीका फरकफरक समस्या पहिचान गरी समाधानका लागि संस्थागत पहल गर्ने उनको योजना छ । दुई कार्यकाल उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य र एक कार्यकाल उद्योग उपाध्यक्ष भएर काम गरेको अनुभव भट्टराईसँग छ ।

    ‘पदभन्दा ठुलो जिम्मेवारी हो, नेतृत्वभन्दा ठुलो व्यवसायीको विश्वास हो’ भन्ने भावनाका साथ अघि बढेका भट्टराईले आगामी अधिवेशनलाई व्यवसायीको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा भट्टराईले आफ्नो उम्मेदवारीलाई लिएका छन् । व्यवसायीको समस्या बुझ्ने अनुभव, सहकार्यमा विश्वास र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित सुरज वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायीमाझ आफ्नो उम्मेदवारी रहने सुरजले बताए । अबको नेतृत्वले व्यवसायीको आवाजलाई अझ प्रभावकारी बनाउँदै निजी क्षेत्रको सम्मान र सम्भावनालाई नयाँ उचाइमा पु¥याउनुपर्ने उनको मुख्य एजेन्डा रहेको उनको भनाइ छ । उनी २०५३ देखि औषधीको ट्रेडिङतर्फ सनराइज मेडिसिन सप्लार्यसका प्रोपराइटर पनि हुन् । उनी विगत १३ वर्षदेखि औषधी उद्योगको क्षेत्रमा ग्रेस फार्मास्युटिकल्स प्रालिको सञ्चालकको रुपमा कार्यरत छन् । 


    सँगै आयुर्वेदिक तथा एलोपेथिक गरी २ वटा उद्योगमा २५० जनालाई रोजगारी दिएका छन् । उनी क्रिमसन अस्पतालको फाउण्डर, क्रिमसन कलेजको सञ्चालक, औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको संस्थापक अध्यक्ष, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लायन्स क्लब अफ् सिद्धबाबा र रोटरी क्लब अफसहित विभिन्न संघ÷संस्थामा जोडिएर  सामाजिक क्षेत्रमा पनि काम गरेको लामो अनुभव छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij