२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नदि किनारामा रहेका बिद्युत टावर शंरक्षणका लागि पहल

नदि किनारामा रहेका बिद्युत टावर शंरक्षणका लागि पहल

नदि किनारामा रहेका बिद्युत टावर शंरक्षणका लागि पहल

नदि किनारामा रहेका बिद्युत टावर शंरक्षणका लागि पहल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • रुपन्देही । तिनाउ नदी किनारमा रहेका विद्युत प्रशारण लाईनलाई शंरक्षण गर्ने गरी नदीजन्य सामग्री उत्खनन गर्ने निर्णय गरिएको छ ।  
    तिनाउ खोलाबाट नदीजन्य सामाग्री उत्खनन गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी सामाग्री निकाल्नु पर्ने तथा बिद्युतको टावरमा क्षती पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तर तर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिम तर्फ डाईभर्ट गर्ने निर्णय गरिएको छ । 
    जिल्ला समन्वय समित रुपन्देहीका प्रमुख उमकान्त चपाई, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्ष दीपक बहादुर शाहि, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा ईन्जिनियर सुर्य पाण्डे सहितको टोली तथा शुरक्षा निकायका प्रमुख सहितको टोलीले सियारी ७ को भर्तापुर नाकाको अनुगमन तथा निरिक्षण गरी नदी शंरक्षणका लागि सबैले सहकार्य गर्ने निर्णय गरिएको हो । 
    सियारी गाउँपालिकाले ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन भईरहेको स्थानमा सृजित स्थानिय वासीहरुको बिरोध र उक्त स्थानमा रहेको बिद्युत प्रशारण लाईनको ल्याटिक टावरको शुरक्षा लगाएतका बिषयमा छलफल गरी नदीजन्य सामग्री निकाल्दा नदीको नेचुरल फ्लो क्यानलिङ हुने गरि व्यवस्थीत तरिकाले निकाल्ने, बिद्युतको टावर अगाडिको स्थानमा ग्याभियन पर्खाल लगाई टावरको शुरक्षा गर्ने निर्णय गरिएको छ । 
    तिलोत्तमा नगरपालिका वडा नम्बर १४ सँग सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत प्रसारण लाइन जोखिममा परेपछि त्यसको शुरक्षाका लागि बिद्युत प्राधिकरण बुटवल  ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिका समेतको त्रिपक्षिय लगानीका लागि छलफल गरि संरक्षणात्मक प्रबन्ध तत्काल गर्ने निर्णय समेत गरेको छ । 
    तिनाउ नदीको तिलोत्तमा तर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारण लाइन लगिएको छ । उक्त बिद्युत प्रशारण लाईनको शंरक्षण तथा ठक्का लगाईएको नदीजन्य सामग्रीको उत्खननमा असर नपर्ने गरी काम गर्ने बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाई छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij