२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • बुटवल । तिनाउ खोलामा डुबेर १६ वर्षे किशोरको मृत्यु भएको छ।
    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुरानो सडकका १६ वर्षीय बिद्यान्स भुसालको खोलामा डुबेर मृत्यु भएको हो।

    शनिबार बिहान ५ बजे नै साथीहरुसँग फुटबल खेल्न भन्दै गएका बिद्यान्स सात बजेतिर तिनाउ खोलामा डुबेका थिए।

    घरदेखी साइकलमा गएका बिद्यान्स खेल्दै जाँदा वडा नम्बर ६ को तिलोत्तमा पार्कदेखी पश्चिम तिनाउ खोलामा डुबेका थिए।

    फुटबल खेलेपछी पौडी खेल्न तिनाउ खोलामा गएका उनी तिनाउमा भइरहेको अनियन्त्रित उत्खननका कारण परेका पानीसहितको गहिरो रहमा डुबेका थिए।

    बिद्यान्स खोलामा डुबेपछी उनीसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए।

    स्थानीय नारायण प्रसाद भुसाल र तारा भुसालका कान्छा छोरा बिद्यान्सले गत चैतमा शान्ति नमुना माविबाट एसइई परीक्षा दिएका थिए।

    स्थानीय मित्रबन्धु न्यौपानेले अनियन्त्रित रुपमा भइरहेको उत्खननका कारण तिनाउ खोलामा १२ फिट भन्दा गहिरा पानीका रह बनेको र त्यसैमा डुबेर बालकको मृत्यु भएको बताए।

    न्यौपानेका अनुसार रहमा डुबेका बालकलाई स्थानीय र प्रहरीको सहयोगमा १० बजेतिर मात्र बाहिर निकालिएको थियो।

    'किशोर डुबेको बिहान साढे ७ बजेतिर नै थाहा पाएर घटनास्थल पुगेका थियौं। तर, १२ फिटभन्दा गहिरो रहमा डुबेको कारण उद्धारमै साढे दुई घन्टाभन्दा बढी समय लाग्यो,' न्यौपानेले भने।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले घटनाबारे जानकारी पाउना साथ साढे सात बजेतिर नै प्रहरी घटनास्थल पुगेपनी गहिरो खाडलमा डुबेको कारण उद्धार गर्न समय लागेको बताए।

    तिनाउ नदिलाई आन्तरिक आम्दानीको मुख्य स्रोतको रुपमा लिने स्थानीय तहहरुले हरेक बर्ष उत्खननका लागि ठेक्का लगाउने र ठेक्का लिएका व्यवसायीहरुले अनियन्त्रित रुपमा उत्खनन गर्दा तिनाउमा सयौंको संख्यामा धराप सहितका यस्तै गहिरा खाडल बनेका छन्।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij