२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

तिनाउको खोल्डोमा डुबेर एक किशोरको ज्यान गयो

तिनाउको खोल्डोमा डुबेर एक किशोरको ज्यान गयो

तिनाउको खोल्डोमा डुबेर एक किशोरको ज्यान गयो

तिनाउको खोल्डोमा डुबेर एक किशोरको ज्यान गयो

तिनाउको खोल्डोमा डुबेर एक किशोरको ज्यान गयो
आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • बुटवल । तिनाउ नदीको उत्खनन् गर्ने ठेक्का लिएका ठेकेदारले जथाभावी गिट्टी ढुंगा निकाल्दा परेको खाल्डोमा डुबेर एक किशोरको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुरानो सडकका १६ वर्षीय विद्यान्स भुसालको खोलामा डुबेर मृत्यु भएको हो ।


    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार बिहान ५ बजे नै साथीहरुसँग फुटबल खेल्न भन्दै गएका विद्यान्स सात बजेतिर तिनाउ खोलामा डुबेका थिए ।


    घरदेखि साइकलमा गएका विद्यान्स खेल्दै जाँदा वडा नम्बर ६ को तिलोत्तमा पार्कदेखि पश्चिम तिनाउ खोलामा डुबेका थिए । 
    फुटबल खेलेपछि पौडी खेल्न भन्दै तिनाउ खोलामा गएका उनी तिनाउमा भइरहेको अनियन्त्रित उत्खनन्का कारण परेका पानीसहितको गहिरो रहमा डुबेका थिए ।


    विद्यान्स खोलामा डुबेपछि उनीसँगै गएका साथीहरूले स्थानीयलाई खबर गरेका थिए । स्थानीय नारायणप्रसाद भुसाल र तारा भुसालका कान्छा छोरा विद्यान्सले गत चैतमा शान्ति नमूना माविबाट एसईई परीक्षा दिएर बसेका थिए ।
    स्थानीय मित्रबन्धु न्यौपानेले अनियन्त्रित रुपमा भइरहेको उत्खनन्का कारण तिनाउ खोलामा १२ फिटभन्दा गहिरा पानीका रह बनेको र त्यसैमा डुबेर बालकको मृत्यु भएको बताए ।


    न्यौपानेका अनुसार रहमा डुबेका बालकलाई स्थानीय र प्रहरीको सहयोगमा १० बजेतिर मात्र बाहिर निकालिएको थियो । ‘बालक डुबेको बिहान साढे ७ बजेतिर नै थाहा पाएर घटनास्थल पुगेका थियौं, तर १२ फिटभन्दा गहिरो रहमा डुबेको कारण उद्धारमै साढे दुईघण्टा बढी समय लाग्यो ।’–न्यौपानेले भने ।


    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे जानकारी पाउना साथ साढे सात बजेतिर नै प्रहरी घटनास्थल पुगे पनि गहिरो खाडलमा डुबेको कारण उद्धार गर्न समय लागेको जनाए ।

     

    तिनाउ नदीलाई आन्तरिक आम्दानीको मुख्य श्रोतको रुपमा लिने स्थानीय तहहरुले हरेक वर्ष उत्खनन्को लागि ठेक्का लगाउने र ठेक्का लिएका व्यवसायीहरुले अनियन्त्रित रुपमा उत्खनन् गर्दा तिनाउमा सयौंको संख्यामा धरापसहितका यस्तै गहिरा खाडल बनेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij