२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आजदेखि रुपन्देहीमा पोलियो खोप अभियान शुरु

आजदेखि रुपन्देहीमा पोलियो खोप अभियान शुरु

आजदेखि रुपन्देहीमा पोलियो खोप अभियान शुरु

आजदेखि रुपन्देहीमा पोलियो खोप अभियान शुरु

आजदेखि रुपन्देहीमा पोलियो खोप अभियान शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • बुटवल । रुपन्देहीमा पोलियोबिरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरण अन्तर्गत पहिलो चरणको खोप अभियान सुरु भएको हो । अभियानका क्रममा जिल्लाका करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरब ढकालले अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आइपीभी खोप लगाइने जानकारी दिए ।

    ‘खोप अभियान आजदेखि सुरु भएको छ । यसलाई हामीले निकै व्यवस्थित गरेका छौं । कोही पनि बालबालिका नछुटुन भन्नेमा हाम्रो ध्यान छ’, उनले भने । उनलका अनुसार आज जेठ १३ देखि २३ गतेसम्म दुई चरणमा गरेर खोप लगाइने छ । खोप लगाउन रुपन्देहीमा ८ सय ५६ वटा खोप केन्द्र निर्धारण गरिएको ढकालले जनाए ।

    २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका ती बालबालिकालाई यो खोप लगाउन सुरु भएको हो । जेठको १३ देखि १६ गतेसम्म पहिलो चरण अन्तर्गत बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकामा खोप लगाउन सुरु गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij