बुटवल । युवापुस्तालाई धर्म, संस्कृति र आध्यात्मिक गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल मानव धर्म सेवा समितिले आज भजन सन्ध्या आयोजना गर्ने भएको छ।
युवालाई भजनप्रति आकर्षित गर्दै धार्मिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ‘प्रोजेक्ट भक्ति’को सांगीतिक प्रस्तुति रहने निखिल बिष्टले जानकारी दिए। उनले भजन तथा संगीतका माध्यमबाट युवालाई आध्यात्मिकतासँग जोड्न कार्यक्रमले सहयोग पुग्ने बताए।
समितिकी केन्द्रीय प्रवारी महात्मा चमेली बाईजी, लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा अम्बिका बाईजी तथा महात्मा गोवर्धन बाईजीको उपस्थितिमा कार्यक्रम हुने जनाइएको छ।
महात्मा गोवर्धन बाईजीले युवालाई धर्मसँग जोड्दै धार्मिक कार्यमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भएको हो। भजन तथा आध्यात्मिक गतिविधिले युवामा धार्मिक भावना, संस्कार र संस्कृतिप्रतिको रुचि बढाउन सहयोग पुग्ने उहाको भनाइ छ।
समितिका युवा सदस्य दीपक पंगेनीले कार्यक्रमबारे जानकारी दिँदै युवापुस्तालाई आध्यात्मिक गतिविधिमा सहभागी गराउने र भजन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताए। उनले भजन सन्ध्यामा सहभागी हुन सबैलाई आग्रह गरेका छन्। उनले ५ सय जनालाई सहभागी गराईने बताए




