२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

खानेपानीको लापर्बाहीले हैरानीमा उपभोक्ता

खानेपानीको लापर्बाहीले हैरानीमा उपभोक्ता

खानेपानीको लापर्बाहीले हैरानीमा उपभोक्ता

खानेपानीको लापर्बाहीले हैरानीमा उपभोक्ता

खानेपानीको लापर्बाहीले हैरानीमा उपभोक्ता
सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • राधिका भुसाल
    प्यूठान
    प्यूठान नगरवासीहरुले यतिबेला खानेपानीको समस्या भोग्दै आएका छन् । वृहत् बिजुवार साना–शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नियमित रुपमा  खानेपानीको आपूर्ति गराउन नसक्दा उपभोक्ताहरुले लामो समयदेखि खानेपानीको समस्या व्यहोर्नु परेको छ ।  


    वृहत् खानेपानी नियमित आपूर्ति नहुँदा समय–समयमा निकै समस्या हुने गरेको प्यूठान नगरपालिका–४ निवासी शम्भु श्रेष्ठले बताए । ‘वृहत्ले आफ्ना उपभोक्ता माथि खेलवाड गर्दै आएको छ,’ उपभोक्ता श्रेष्ठले भने–‘केहिले पानी धमिलो आउँछ, कहिले आउँदैन । 


    अहिले पनि महिना दिन भयो पानी नआएको ।’ सूचना दिएर १–२ दिन पानी नआउनु स्वभाविक नै हो तर, यसरी अस्थव्यस्त तरिकाले पानी सप्लाइ गर्नु लापरबाही नै भएको उनले बताए । पैसा तिरेर समेत नियमित रुपमा स्वच्छ पानी पिउन तथा प्रयोग गर्न नपाउनु विडम्बना नै भएको उनको भनाइ छ । 


    नियमित पानी नआउँदा होटल व्यवसाय गर्नेहरुलाई झनै समस्या हुने गरेको जुम्री निवासी ऋषीराम भण्डारीले बताए ।  ‘एक हप्ता बढी भयो नियमित पानी नआएको,’ उनले भने–‘पैसा तिरर प्रयोग गर्ने पानी पनि आवश्यकताअनुसार पाइदैन ।’ वृहत्ले दिर्घकालिन रुपमा पानी आपूर्तिको समस्या अन्त्य गर्नु पर्ने उनको भनाइ छ । जुम्रीका अर्का उपभोक्ताले थप्दै भन्छन्–‘बिना कुनै  सूचना पानी बन्द गर्ने र छोडिदिने हुँदा वृहत्ले उपभोक्ताहरुलाई धेरै झुक्काउने समेत गरेका छ ।’


     दैनिक जीवनमा अत्यन्तै आवश्यक पर्ने पानी  नियमित रुपमा आपूर्ति नहँुदा  विशेष गरी विद्यालय जाने बालकालिका, वृद्धावृद्ध, सुत्केरी महिला, कर्मचारीलगायत सम्पूर्ण उपभोक्ताहरुले निकै समस्या झेल्नु परेको उनले बताए ।   प्यूठान नगरमा बृहत् खानेपानीकै भरमा पर्ने उपभोक्ताहरुलाई मागको ७० प्रतिशत मात्र खानेपानी आपूर्ति हुँदै आइरहेको उनीहरु बताउँछन् ।   


    उता वृहत्ले भने लामो समयको खडेरीले पानी उत्पादन कम भएपछि उपभोक्ताको आवश्यकता अनुसार पानी पु¥याउन नसकिएको बताउँछ ।  खडेरीले सबै मुहानहरु सुकेपछि मुख्य समस्या परेको वृहत् बिजुवार साना–शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सव–इञ्जिनियर पिताम्बर पण्डितले बताए । ‘नर्मल अवस्थामा दैनिक ८ लाख लिटर पानी उत्पादन हुने गरेको थियो,’ उनले भने–‘फागुन यता दैनिक ५ लाख लिटर पानी उत्पादन भएको छ ।’ अब वर्षात् सुरु भएकोले मुहानहरु सर्सिएपछि पानीको समस्या नहुने उनले जनाए । १ हजार ९ सय धारा वितरण भइसकेको र केही घरहरुमा धारा जडान गर्न बाँकी रहेको पण्डितको भनाइ छ ।


     केही समय पहिले गेजबाङ्गगको सम्पवायल बिग्रीएर क्वाडी क्षेत्रमा धमिलो पानी सप्लाइ भएको बताउदै नयाँ सम्पवायल राखिसकेको हुँदा त्यो समस्या नदोहोरिने उनले जानकारी दिए । वृहत् खानेपानीले गेजबाङ्गगसहित बाग्दुला, टिकुरी र बिजुवार भौकाको सम्पवायलबाट पानी वितरण गर्दै आएको छ । वृहत्ले प्यूठान नगरपालिकाको वडा नं. १, २, ३, ४, ७ र वडा नं. ८ मा आँशिक रुपमा खानेपानी वितरण गर्दै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij