२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पत्रकारहरू पुरस्कृत

पत्रकारहरू पुरस्कृत

पत्रकारहरू पुरस्कृत

पत्रकारहरू पुरस्कृत

पत्रकारहरू पुरस्कृत
बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • बुटवल । उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार लक्ष्मण पौडेल पुरस्कृत भएका छन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
    नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार आयोजित एक समारोहका बीच प्रदान गरिएको छ ।


    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी संयोजक रहेको मूल्यांकन समितिले पौडेललाई पुरस्कृत गर्न सिफारिश गरे बमोजिम महासंघले उक्त पुरस्कार प्रदान गरेको हो । पौडेल न्यूज बुटवल टुडेका सम्पादक हुन् ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा बुटवल उप-महानगरपालिकाले नै स्थापना गरेको सूर्यप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार पुरस्कृत भएका छन् । जनही ५० हजार राशीको उक्त पुरस्कारबाट खुल्लातर्फ रातोपाटी अनलाइनका तेजेन्द्र केसी र महिलातर्फ सेतोपाटीकी भगवती पाण्डे पुरस्कृत भएका छन् ।


    पत्रकार कृष्ण खनाल उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । बुटवल पब्लिक स्कुलले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो ।


    श्यामलाल पोख्रेल संयोजक रहेको मूल्यांकन समितिको निर्णय बमोजिम पत्रकार खनाललाई पुरस्कृत गरिएको हो । त्यस्तै उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार अम्बिका दर्जी पुरस्कृत भएकी छन् ।
    पुरस्कार प्रदान गर्दै बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उप-महानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताए ।


    पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उप-महानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यमा थप सहकार्य गर्ने बताए ।


    उत्कृष्ट पुरस्कार मूल्यांकन समितिका संयोजक शेरबहादुर केसीले पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिबद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने जनाए ।


    कार्यक्रममा सूर्यप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक खिमानन्द भट्टराई, वरिष्ठ पत्रकार एवं बाह्रखरीका प्रधानसम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियारलगायतले बोलेका  थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij