२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मिजार समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

मिजार समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

मिजार समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

मिजार समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

मिजार समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न
बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • जगलाल नेपाली
    बुटवल 
     मिजार समाज, नेपालको केन्द्रीय समितिको तेश्रो बैठक  बुटवलमा मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका अध्यक्ष  ज्ञानबहादुर नेपालीको अध्यक्षता तथा पूर्व संविधानसंभा सदस्य डिलबहादुर नेपालीको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न भएको छ ।


    विसं. २०५५ साल काठमाडौंमा स्थापना भई  मिजार समुदायका हक अधिकार र जातीय विभेदका विरुद्ध एकजुट हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ स्थापित  संस्थाले देशका सातै  प्रदेश तथा जिल्लाहरुमा संगठन बिस्तार गरी समुदायको हक, अधिकार प्राप्त लागि निरन्तर काम गरिरहेको संस्थाका अध्यक्ष ज्ञानबहादुर नेपालीले बताए ।


    बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिलबहादुर नेपालीले मिजार समाजले गर्दै आइरहेका पुख्र्याैली पेशाहरु आधुनीकरण गर्दै जानुपर्ने बताए । उनले यी पेशा तथा  व्यवसायलाई राज्यले सहुलियत दिँदै शशक्तिकरण गर्नुपर्ने र समाजलाई सन्तुलित हिसाबले अगाडि बढाउनु आवश्यक रहेको जनाए ।


    त्यस्तैगरी विशिष्ट अतिथिका रुपमा बोल्दै  पूर्व राष्ट्रिय सभाका सदस्य रामलखन हरिजनले मिजार समाजले सम्रग स्थितिको अध्ययन तथा अनुसन्धान गरी नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा सम्बन्धित निकायमा आफ्नो आवाज बुलन्द गनुपर्ने बताए । देशै भरिबाट आएका समाजका केन्द्रीय सदस्यहरुलाई सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि  बोमरेलले स्वागत   तथा संस्थाले  गरेका सामाजिक तथा आर्थिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
    मिजार समाजको कोष व्यवस्थापनको लागि सबै सदस्यहरुबाट दिनको १ रुपैयाँका दरले वार्षिक ३ सय ६५ रुपैयाँ समाजको लागि योगदान गर्ने गरेको महासचिव यामबहादुर सुर्खालीले जनाए ।
     बैठकमा सातै प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षबाट आ–आफ्ना धारणा राखेका थिए भने बैठकमा ७० जनाको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij