प्रेम सुनार
गुल्मी
जसले पालेका छन् २२ वटा भंैसी । दैनिक झण्डै सय लिटर दूध उत्पादन गर्छन् । ३० वर्ष बुटवल बसाइपछि गाउँ फर्केका धुर्कोट गाउँपालिका—६ सिस्तुङका मेघनाथ अर्यालले चार सय मुरी धान स्यार्हान्छन् । बुटवलको घर छाडेर उनले त्यहाभन्दा अझ सुविधा सम्पन्न र आकर्षक आलिशान महल गाउँमा बनाएका छन् । उनको घर र भैँसी पालन पक्की गोठमा एक करोड खर्च भइसकेको छ । गाई पाल्नेलाई गाई गोठालो, भैंसी पाल्नेलाई भंैसी गोठालो भन्ने पहाडी जिल्लाको कहावत छ । त्यही कहावतअनुसार अर्याल एक भैंसी गोठालो रातो रंगको चिल्लो कारमा सयल गरेर हिंड्छन् ।
उनलाई नपुग केही छैन, आलिशान महलका मालिक हुन् । सयौं रोपनी खेतबारीका जमिन्दार हुन् । ठूलो परिवार पनि छैन । तर उनी आफूलाई आलिशान महल, चिल्लो कारका मालिक र जमिन्दार ठान्दैनन् । सामान्य किसान ठान्छन् र कृषिलाई परम्परागत निर्वाहमुखी होइन, उद्योगका रुपमा विकास गर्न अभ्यासरत छन् ।
वैदेशिक रोजगारका लागि विदेशिने अधिकांश युवाहरुभन्दा उनको सोंच फरक छ । अरु विदेश गयो कि शहर बजार तराईतिर घर घडेरी किन्छन् । तर उनले कोरिया पुगेर कमाएको पैसाले पैतृक सम्पत्तीसँग जोडिएको पचास मुरी धान फल्ने खेत किने । ३० वर्षसम्म बुटवल बस्दाको घर छाडेर कोरोना महामारीमा घर फर्के । विपद पर्दा आखिर गाउँ घर नै सुरक्षित रहेछ भन्ने कुराले उनलाई गाउँमै बस्न प्रेरित ग¥यो । त्यसपछि उनले पहिला बुटवलकै जस्तो पनाहखोला किनारमा सुविधा सम्पन्न घर बनाए, करोड बढी खर्चेर । त्यसपछि सुरु गरे, करोडौं लगानीमा भारतबाट ल्याइएको उन्नत जातको भैंसीपालन । शनिबार विश्व दूध दिवसको अवसरमा उनलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सदरमुकाम तम्घासमा अगुवा पशुपालकका रुपमा दूध दिवस विशेष कार्यक्रममा बोलाएको थियो ।
सोही अवसरमा हामीले जिज्ञाषा राख्दा उनले भने कसैले भैंसी गोठालो कार चढेर हिंड्छ पनि भन्छन् होला । आखिर हिंड्न डुल्नलाई सवारी साधन त चाहियो नि, यसर्थ एउटा कार र एउटा मोटरसाइकल किनेको हुँ । रागाँ, पाडा ५ वटा, सात आठ वटा पाडीहरु र ३० वटा लैना भैंसी छन् । पाँच वटा भैंसी ब्याउने भएका कारण अहिले दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । असारपछि पाँच वटा भैंसी ब्याए पछि दैनिक सय लिटर दूध हुनेछ । उनले बजारको कमी नभएको बताए । आफ्नो र लिजमा ल्याएको खेतबाट ४ सय मुरी धान र डेढ सय मुरी मकै गहुँ उत्पादन गर्ने गरेको उनले जनाए ।
उनी जस्तै अर्का धुर्काेट गाउँपालिका—५ वस्तुका स्नातकोत्तर रविन्द्र घिमिरे पनि काठमाडौंमा बसेर अध्यापन गराउने पेशा छाडेर गाउँ फर्कि भंैसी पालन सुरु गरेका छन् । उनले समाजशास्त्र विषयमा मास्टर डिग्री गरेर काठमाडांैका स्कुलदेखि क्याम्पस सम्म अध्यापन गराउँदै आएको अवस्थामा गाउँमै केही गर्नुपर्छ भनेर फर्केको, अहिले साना ठूला गरी २७ वटा भैंसी पालेको, दैनिक डेढ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको बताए । अहिले उनले १० जनालाई प्रत्यक्ष रोजगारा दिन सफल भएको जनाए ।
उच्च शिक्षा हासिल गरेपछि घुम्ने कुर्सीको जागिर वा विदेशमै जानुपर्छ भन्ने नेपालीहरुको मान्यताका कारण कृषि उत्पादन घटदै गरेको हुँदा आफूहरु अगुवाहरुले गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन आफुले चाहेको उनको भनाइ छ ।
उता रिडीमा २०७१ सालदेखि गौरव डेरी उद्योग सञ्चालन गर्ने छत्रकोट गाउँपालिका—४ का रविलाल पन्थ पनि दक्षिण कोरियामा पाँच वर्ष बसेर त्यहाँ कमाएको पैसाले गाउँमै कृषि क्रान्ति गरेर अब विदेश होइन गाउँमै बस्नु पर्छ भन्ने प्रण गर्दै आएका युवा हुन् । नभन्दै उनको कृषि क्रान्ति सफल पनि भएको छ । उनले अहिल दैनिक सात सय लिटर दूध आफूले रिडी बजारमा संकलन गरी बिक्री वितरण गर्दै आएको बताए ।
गुल्मीमा व्यवसायिक रुपमा पशुपालन र दुग्ध उद्योगमा स्थापित भएका यी तीन जना उदाहरणका पात्र मात्रै हुन् । गुल्मीमा पछिल्लो चरण तमाम युवाहरु व्यवसायिक पशुपालन, तरकारी खेतीमा लागेर फर्की आउ प्रदेशीको सन्देश दिँदै आएका छन् । फलस्वरुप गुल्मीमा गतवर्ष मात्रै तीन अर्ब बढीको कृषि उत्पादन भएको छ भने डेढ अर्ब बढी अन्य जिल्लामा निर्यात भएको सरकारी तथ्याङ्क सार्वजानिक भइसकेको छ ।
गुल्मीमा दूध उत्पादन कति ?
गुल्मी । पहाडी जिल्लामा गुल्मी गाई भैंसीको दुध उत्पादन बढदो भए पनि पछिल्लो विभिन्न परिकारमा दुधजन्य उत्पादन घट्दो देखिएको छ । दुधमा गुल्मी जिल्ला आत्मानिर्भर भएको सरकारी तथ्याङकले देखाई रहँदा सदरमुकाम तम्घास लगातका मुख्य ब्यापारिक केन्द्रहरुमा दुधबाट उत्पादित मिठाइजन्य परिकारका पसलहरु शुन्य प्रायः बन्दै गएका छन् ।
तम्घासका पुराना समाजसेवी ७४ वर्षीय नन्दराम भुसालका अनुसार २०३५ सालतिर एक जना देशी तम्घासको भिमचोकमा मिष्ठाठान पसल खोल्न आएका थिए । उनी आए लगत्तै २०५० को दशकसम्म तम्घासमा थुप्रै मिठाई पसलहरु थिए ।
त्यसका अलवा चोक-चोकमा जेरीपुरी र कुरौनीका पसलहरु थिए । क्रमशः मिठाई र कुराउनीका पसलहरु बन्द हुँदै गए । मानिसहरु खाजाका रुपमा समोसा मोटर, चाउचाउ जस्ता जंङफुटतिर आकार्षित हुँदै गए । सदरमुकाम भित्र अहिले जम्मा तीन वटा मिठाई पसल छन् । व्यक्तिका विभिन्न खुशीयाली र उत्सवहरुमा पछिल्लो चरण बेकरी उद्योगका उत्पादनहरुतर्फ मानिसहरुको आकर्षण बढ्दो छ । विवाह, हर्षबढाई जस्ता सिजन बाहेक मिठाई पसलको कारोवार पहिला जस्तो नहुने गरेको पसल सञ्चालकहरु बताउँछन् ।
शनिबार विश्व दुध दिवस भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्ला कारागारका कैदी बन्दीहरुलाई दुध र दुधबाट बनेका परिकार खुवाएर मनाएको छ । दिवस बिशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उदघाट्न गरेका थिए ।
सोही कार्यक्रममा पशु विज्ञ केन्द्र प्रमुख हुमकान्त पाण्डेले गुल्मी जिल्ला दुधमा आत्मानिर्भर भएको तथ्याङ्क सुनाएका हुन ।
त्यस्तै सो केन्द्रका डाक्टर नविना ढकालले मानिसहरुको जीवनलाई चाहिने सम्पूर्ण पौष्टिक आहारा भएकोले दूधमा भएकोले नियमित खानु पर्ने सल्लाह दिइन ।
कार्यक्रममा अगुवा पशुपालकका रुपमा बोल्दै वस्तुका रविन्द्र घिमिरेले कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी र पशु विज्ञ कार्यालय प्रमुख हुमकान्त पाण्डेको कार्याकालमा कृषकहरुलाई निकै उत्साह थप्ने काम भएको भन्दै प्रशंसा गरेका थिए ।
पछिल्लो चरण मानिसहरु माछा मासु, जाँड रक्सीतिर बढि आकर्षित हुने हुँदा मासु र मदिराजन्य होटलहरु वृद्धि हुने दूध डेरी र मिठाई पसलहरु बन्द हुँदै गएको विषयमा चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्यका लागि दूध र दूधबाट बनेका परिकारमा जोड दिनु पर्ने सुझाव दिए ।
गुल्मीमा व्यवसायिक पशुपालन र दूध उत्पादनको सरुवात गर्ने नेकपा एमालेका पुराना नेता तथा बहुदल कालमा संघीय सांसद र त्यस यता पूर्व प्रदेश सांसद कमलराज श्रेष्ठको अगुवाइमा थानापतिका कृषकहरुले गरेका थिए ।
श्रेष्ठको अगुवाइमा त्यहाँका ९ जना किशानले २०६० - ०६१ सालतिर भारतबाट उन्नत जातको राँगो र भैंसी ल्याई सुरु गरेका थिए । दूध तथा दुग्ध उत्पादनको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन दूध दिवस विशेष कार्यक्रमको मुख्य आयोजन विज्ञ केन्द्र रहेको थियो भने सह–आयोजक डेरी एशोसियन गुल्मी, लुम्बिनी दुग्ध वितरण केन्द्र बलेटक्सार र रिडीको गौरव दुग्ध डेरी उद्योग रहेको थियो । पशु विज्ञ केन्द्रका प्रमुख पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा डाक्टर ढकालको स्वागत मन्तब्य र सवइञ्जिनियर टपेन्द्र विष्टको सञ्चालन रहेको थियो ।




