२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

देवदहमा मकै महोत्सव

देवदहमा मकै महोत्सव

देवदहमा मकै महोत्सव

देवदहमा मकै महोत्सव

देवदहमा मकै महोत्सव
आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • देवदह । रुपन्देहीको देवदहमा एक दिने दोश्रो मकै महोत्सव सम्पन्न भएको छ । देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान भन्ने नाराका साथ दोश्रो मकै महोत्सव सम्पन्न भएको हो । मकै महोत्सव मूल समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहलाई मकैमा आत्मनिर्भर बनाउने र उत्पादित मकैको बजारीकरण गर्ने गरी मकै महोत्सवको आयोजना गरेको हो । 


    देवदह नगरपालिका क्षेत्रमा अहिले ५२ विगाहा क्षेत्रफलमा मकैको खेती हँुदै आएको छ । देवदह नगरपालिकाले देवदह–५, कोलुवालाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढिरहेको छ । सोही अवसरमा बोल्दै देवदह नगरपालिका नगर प्रमुख धु्रवप्रसाद खरेलले परम्परागत भन्दा आधुनिक र व्यवसायिक रुपमा कृषि गर्न आवश्यक रहेकोमा जोड दिए । 
    उनले यस क्षेत्रमा उत्पादित मकैलाई विविधिकरण गर्न आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा उत्पादित मकैको बजारीकरणको लागि नगरपालिकाले सहजीकरण गर्ने दाबी गरे । नगरप्रमुख खरेलले कृषि उत्पादनलाई वृद्धि गर्न नगरपालिकाले किसानलाई अनुदानको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताए । 


    उनले जग्गा बाँझो रहने समयमा मकै खेती सुरु गरेर मकै पकेट क्षेत्रको रुपमा स्थापना गरिएको जनाए । उनले सबै देवदहवासी व्यवसायिक हुनु पर्छ भन्दै कृषकहरुलाई रासायनिक र जैविक मल उपलब्ध गराउने गरी आगामी वर्ष योजना निर्माण गर्ने जनाए । व्यवसायिक रुपमा मकै उत्पादन गरे बजारीकरणमा कुनै समस्या नहुने बताउँदै मकैको बजार राम्रो रहेको उनले बताए । उनले हिउँदे धानबालीको लागि समेत नगरपालिकाले बीउ र सिँचाइमा अनुदान दिएको बताए । उनले देवदहको १२ वटै वडालाई एउटा-एउटा विषयको पकेट क्षेत्रमा रुपमा विकास गर्दै जाने जनाए । मकै महोत्सव मूल समितिका अध्यक्ष प्रमिला सेढाइको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेकपा एमालेका प्रकाश अर्याल, राष्ट्रिय सहकारी महासंघका टिका गौतम, नेपाली कांग्रेसका बासुदेव रिमाल, नगर प्रवक्ता गणेश डुम्रेलगायतले बोल्दै मकै उत्पादनतर्फ कृषकहरु लाग्नु पर्नेमा जोड दिएका थिए । 


    कार्यक्रममा देवदह क्षेत्रका १८० जना कृषकलाई कृषि औजारसहित सम्मान गरिएको छ । महोत्सवमा कृषकहरुले मकैका परिकार तयार गरी बिक्री वितरण समेत गरेका थिए । मकै महोत्सव मूल समितिका उपाध्यक्ष लक्षु न्यौपानेको स्वागत र सचिव चक्रपानी न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij