गुल्मी । गुल्मीको छिमेकी अर्घाखाँचीको काउले गाउँका सामन्य किसान परिसारका एक जना युवकलाई बल्ड क्यान्सर भएपछि आर्थिक अभावका कारण अर्घाखाँची र गुल्मीका मानिसहरुले ति युवक बचाउन अभियान सुरु गरेका छन् ।
त्यस जिल्लाको छत्रदेव गाउँपालिका ७ काउलेका ३२ वर्षीय गणेशप्रसाद पाण्डेलाई बल्ड क्यान्सर भएपछि यी दुई जिल्लावासीले गणेश बचाउ अभियान सुरु गरेका हुन् । वर्षआँैदेखि सदरमुकाम तम्घासमा तरकारी र दूध बेचेर जीविका गर्दै आएका बलाराम पाण्डेका छोरा हुन् गणेश ।
गणेश आफैँ पनि सानैदेखि तरकारी, दूध, च्याउ उत्पादन गर्दै तम्घास बजारमा बेच्न हिंड्थे । अब केही गर्न सकिन्छ कि भन्ने उत्साह आइरहेको बेला स्वास्थ्य परीक्षणका क्रममा उनलाई ब्लड क्यान्सर देखापरेपछि उनी र उनको परिवार गत सात महिनादेखि पीडामा छन् । काठमाडांैको नेशनल क्यान्सर अस्पताल, वीर अस्पताल हुँदै हाल भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका पाण्डेको उपचारका लागि हालसम्म विभिन्न सहयोगदाताले झण्डै ८ लाख सहयोग गरेर भरतपुर अस्पतालमा बुझाएको, तर अझैँ २५ देखि ३५ लाखसम्म जुटाउन भनेपछि आफूहरु सबैसँग सहयोगको हात फैलाउन बाध्य भएको गणेशको दिदी तम्घास साहुटोलकी गंगा खनाल बताउँछिन् ।
पाण्डेको उपचारका लागि तम्घास साहुटोलका बासीन्दाले पनि घर–घर र पसल पसलमा सहयोग संकलन गरी २५ हजारभन्दा बढी रकम बिमारीका भाइ कृष्ण पाण्डेलाई हस्तान्तरण गरेका छन् । बजारमा च्याउ बेत्दै हिंड्ने पाण्डेले उपचार खर्च नभएपछि सहयोग संकलनमा जुटेको बताए ।पाण्डेकी श्रीमती मुना पाण्डे श्रीमानसँग अस्पतालमा कुरुवा बसेकी छिन् । उनले पनि श्रीमान बचाई दिनका लागि सबैसँग सहयोगको याचना गर्दै भनिन्–‘मेरो श्रीमानलाई सबैले सहयोग गरेर बचाई दिनुहोस्, म बिन्ती गर्छु ।’ पाण्डेलाई सहयोग गर्न चाहने महानुभावले एनएमबी बैंक गणेशप्रसाद पाण्डेकै खाता नम्बर ०४२०० २८४४१६०००१५ र ईसेवा नम्वर ९८७५९६७१५ रहेको छ । सोही मोबाईल नम्बरमा बिरामीका बारे थप कुरा बुभ्mन सकिने छ ।




