बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सोमबार ज्ञापनपत्र हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत् बोद्यार्थः नेपाल सरकार अर्थ मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।
बुटवल सुनचाँदी व्यवसाय संघका अध्यक्ष गोकुल विश्वकर्माले ५ बुँदे मागसहित ज्ञापन पत्र प्रदान गरेका हुन् । ज्ञापन पत्रमा हाल वृद्धि गरेको सुनको भन्सार महसुल खारेज गर्नुपर्ने, सुनचाँदीसम्बन्धी निर्देशिका अविलम्ब लागू गर्नु पर्ने, सुन वितरण प्रणालीलाई प्रदेशस्तरीय बनाउनु पर्ने र व्यवसायीमैत्री नीति लागू गर्नुपर्ने मागसहित ज्ञापन पत्र हस्तान्तरण गरिएको बताए ।
‘ज्ञापन पत्रमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित सुनचाँदी व्यवसाय दिन प्रतिदिन धरासायी हुने अवस्थामा गुज्रिएको छ । कोभिड १९ पछिको विश्व बजारमा परेको आर्थिक मन्दी र रसिया युक्रेन जस्ता शक्तिशालि राष्ट्रहरु बीच चर्किएको द्वन्द्वले विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव परिरहेको अवस्थामा नेपाल पनि यसको मारमा परेको सर्वाविधिकै छ । देशमा भैरहेका ठूला ठूला राजनीतिक परिवर्तनसँगै देश आज संघीय गणतन्त्रमा प्रवेश गरेको डेढ दशक भैसक्दा पनि आम जनताको जीवनस्तरमा कुनै परिवर्तन हुन सकेको छैन । देशले अवलम्बन गरेको खुल्ला अर्थनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक व्यवसायी नीतिले देशभित्र सञ्चालित निजी क्षेत्रका व्यवसायी दिन प्रतिदिन विदेश पलायन हुने अवस्था बढ्दो रहेको छ । अझ सुनचाँदी व्यवसाय आफैँमा सुरक्षाका हिसाबले अति संवेदनशिल व्यवसाय हो ।’–ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिले नेपाल सुनचाँदी व्यवसायीको अवस्थामा हालको विद्यमान सुनचाँदी आयतले व्यवसायीहरुको व्यवसाय सञ्चालनको लागि आवश्यक कच्चा पदार्थ प्राप्त गर्न नसकेको अवस्थामा विदेशी मुद्रा सञ्चितीको कारणले सुन आयातमा राज्यबाट गरिएको नियन्त्रण सो व्यवसायहरु मारमा परेको र देश संघीय संरचनामा समस्या पनि सुन वितरण प्रकृया अर्को पनि केन्द्रिकृत रहीरहनु आफैँमा विडम्बना रहेको उनले बताए ।
नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुले मोफसलमा व्यवसाय गर्ने साना व्यवसायीहरुलाई ठूलो क्षती पुगेको हुन्छ । त्यसैले नेपाल सरकारले आव २०८१-८२ को लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा सुनचाँदी आयातमा भन्सार दर वृद्धि गरी १५ प्रतिशतमा ५ प्रतिशत वृद्वि गरी नयाँ दर कायम गरेको हँुदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था हुने, खुला सिमानाका कारणले छिमेकी देशबाट सुनको रेडिमेट गरगहना र काचो सुनको आयात वृद्धिले राज्यलाई राजश्वमा क्षति हुने र व्यवसायीहरू विस्थापित हुने अवस्थालाई निवाकरण गर्नका लागि बुटवल सुनचाँदी व्यवसायी संघले विभिन्न व्यवसायी मागहरुसहित जिल्ला प्रशासन कार्यालय रूपन्देही मार्फत बोधार्थ हुने गरी नेपाल सरकारका सम्बन्धित निकायहरूमा ज्ञापन पत्र प्रदान गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, रूपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एस रत्न बज्राचार्य, जिल्ला सदस्य हेमबहादुर विश्वकर्मा, सल्लाहकार सुरेश रत्न बज्राचार्य, हर्षबहादुर विश्वकर्मालगायले मन्तव्य राखेका थिए । बुटवल सुनचाँदी व्यवसायी संघका प्रवक्ता कुष्ण सुनारले नेपाल सुनचाँदी व्यवसायी महासंघले केन्द्रदेखि नै मागसहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको र सोहीअनुसार बुटवल सुनचाँदी व्यवसायी संघले पनि ज्ञापन पत्र बुझाएको बताए ।
माग सम्बन्ध नभए महांसघको निर्णयअनुसार बुटवल सुनचाँदी व्यवसायी संघले थप आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउने उनले जनाए । महासंघको मागलाई गम्भीर रूपमा लिन र सम्बोधन गर्न प्रवक्ता सुनारले ध्यानाकर्षण समेत गराएका छन् ।




