२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलमा रोजगार मेला हुने

बुटवलमा रोजगार मेला हुने

बुटवलमा रोजगार मेला हुने

बुटवलमा रोजगार मेला हुने

बुटवलमा रोजगार मेला हुने
मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  •  बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबारदेखि श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल उप–महानगरापालिकाको संयुक्त आयोजनामा २ दिनसम्म मेला हुन लागेको हो ।


    मेलाको तयारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले बताए । मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरू बीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उनले जनाए । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने छ ।


    मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथलगायतका कम्तीमा ४० वटा स्टल तथा बुथहरू हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी र निजी क्षेत्रका स्टलहरू हुनेछन् ।

      
    श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकतासम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुने जानकारी दिइएको छ ।
    बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरूसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।


     श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणालीमार्फत् रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा  र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij