२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

टी-20 विश्वकप क्रिकेट खेल्दै नेपाल, पहिलो खेलले उत्साह -पौडेल

टी-20 विश्वकप क्रिकेट खेल्दै नेपाल, पहिलो खेलले उत्साह -पौडेल

टी-20 विश्वकप क्रिकेट खेल्दै नेपाल, पहिलो खेलले उत्साह -पौडेल

टी-20 विश्वकप क्रिकेट खेल्दै नेपाल, पहिलो खेलले उत्साह -पौडेल

टी-20 विश्वकप क्रिकेट खेल्दै नेपाल, पहिलो खेलले उत्साह -पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् ।

    आज नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ । खेल राति साढे ९ बजे हुँदैछ ।

    खेल सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्सका क्रममा उनले भने, ‘हामी सबैजना उत्साहित छौं । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौं । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँं । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौं ।’

    कप्तान पौडेलले सबै टिम सन्तुलित र प्रतिस्पर्धी भएको भन्दै पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुने भएकोले जितका लागि खेल्ने बताए ।

    ‘नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौं । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौं । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ,’ उनले थपे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij