२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

६ चालकलाई सार्वजनिक हितविरुद्धको मुद्दा

६ चालकलाई सार्वजनिक हितविरुद्धको मुद्दा

६ चालकलाई सार्वजनिक हितविरुद्धको मुद्दा

६ चालकलाई सार्वजनिक हितविरुद्धको मुद्दा

६ चालकलाई सार्वजनिक हितविरुद्धको मुद्दा
बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • श्रीकृष्ण सिग्देल
    स्याङ्जा
    सिद्धार्थ राजमार्गमा सवारी चलाउदै आएका ६ जना चालक ‘सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा’ परेका छन् । सिद्धार्थ राजमार्गमा अवैध लागुऔषध गाँजा सेवन गरी सवारी चलाएको आरोपमा प्रहरीले ६ जना चालकलाई ‘सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा’ मुद्दा चलाएर कारबाहीमा परेका हुन् ।


    जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त राजमार्ग चेकिङका क्रममा उनीहरुको ड्रग्स युरिन टेष्ट चेकिङ गर्दा लागुऔषध सेवन गरेको भेटिएपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । सवारी दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले सिद्धार्थ राजमार्गमा चल्ने सवारी चालकको लागुपदार्थ सेवन चेकिङ  प्रहरीले गर्दै आएको छ ।  


    प्रहरीले सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिकाको ४ नौडाँडामा गरिएको चेकिङमा १८ सवारी साधनका चलकलाई किटद्वारा लागुऔषध चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अवैध लागुऔषध गाँजा समेत सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।  


    प्रवक्ता रानाका अनुसार पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने ३८ वर्षका सार्वजनिक बस चालक किरणबहादुर हमाल, कालीगण्डकी गाउँपालिका ६ बस्ने ३५ वर्षीय टिप्पर चालक गुमनबहादुर सिंजाली, पुवनपा ७ बस्ने २९ वर्षीय अटो चालक दिलिप सिंह ठकुरी, पुवनपा १ बस्ने ४२ वर्षीय ट्याक्सी चालक राम श्रेष्ठ र पुवनपा ७ बस्ने ३८ वर्षीय जीप चालक मंगलबहादुर दर्जी नियन्त्रणमा परेका छन् । उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । पछिल्लो समय प्रहरीले लापसे सेवन गरी सवारी चलाउने चालकलाई निकै चासोका साथ हेरिरहेको छ । 


    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा स्याङ्जा आएपछि यो कार्यलाई प्रथामिता दिएका छन् । उनको सक्रियता बढेसँगै लापसे सेवन गरी सवारी चलाउने धमाधम पक्राउ पर्दै आएका छन् ।


     यसभन्दा अगाडि पनि सिद्धार्थ राजमार्गमा गरिएको ड्रग्स युरिन टेष्टमा ६ जना चालक नै पक्राउ परेका थिए । १८ दिन थुनामा रहेर ८÷८ हजार धरौटीमा उनीहरु रिहा भएका थिए । राजमार्ग मात्रै नभएर स्याङ्जाका भित्रि सडकमा पनि लागुपदार्थ सेवनको चेकजाँच अगाडि बढाउने जिल्ला प्रहरी प्रमुख शर्माले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij