भैरहवा । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया कक्षको टेन्डर प्रक्रिया नियमपूर्वक भएको बताएका छन ।
अस्पताल गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले सोही अनुसार ठेक्का प्रक्रिया भएको हो । नियमानुसार र प्रक्रियागत रुपमा भएको कार्यलाई आफु अनुकुल व्याख्या गरि संस्थालाई दुख दिने उद्देश्यले गैर जिममेवार पूर्ण अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै अस्पतालले पत्रकार सम्मेलन गरी गम्भिर ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले १४ वटा निर्माण कम्पनिलाई अयोग्य ठाानी केही सिमित कम्पनिलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी गराएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । संघले बुटवलमा पत्रकार सम्मेलन गरी ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्नका लागि मिलेमतोमा ठेक्का गरिएको दाबी गरेको छ । संघले १७ वटा बोलपत्र परेकामा १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए ।
यहाँका व्यवसायीहरुले १७ लाख टेन्डर हाल्दा समेत २२ करोड टेन्डर हालेको बाहिरी कम्पनिलाई टेन्डर पारिएको छ । ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएको भन्दै व्यवसायीले विरोध जनाएका हुन ।
अस्पताल प्रशासनले पत्रिकामा बोलपत्र सम्बन्धि सूचना प्रकाशन गरी संस्थाको विधि विधान तथा प्रचलित नियम कानुन बमोजिम स्वीकृत बोलपत्रको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाएको अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने । हामीले नियमसंगत सबै प्रक्रिया अपानाई प्रक्रिया अगाडि बढाएका छौ, १७ जना व्यवसायी यस प्रक्रियामा सहभागी थिए ती मध्ये १४ जनाको विविध कारणले प्राविधिक प्रस्ताव अयोग्य भएको र ३ वटा कम्पनिको मात्रै प्रविधिक प्रस्ताव स्वीकृत भएको उनले भने । प्रविधिक रुपमा स्वीकृत भएका कम्पनिहरु मध्येबाटै सबै भन्दै न्यून रहेको कम्पनिको बोलपत्र स्वीकृत गरी आर्थिक प्रस्तावकै आधारमा आश्य पत्र दिइएको बताए ।
संस्थाले निर्माण कार्यका लागि परामर्श दाताको रुपमा कर्मा कन्सल्ट कम्पनिलाई छनोट गरि प्रक्रिया अगाडि बढाएको थियो । परामर्श दाता इन्जिनियर दीनेश बश्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको बताए । हामीले प्रविधिक कुराहरु हेरेपछि आर्थिक पाटोको लागि निर्माण समितिलाई जिम्मा दिइएको बताए ।
शिलबन्दीमा आएको कम्पनिको कागजात हेरेरै योग्य अयोग्य निर्धारण गरेका छौ । मापदण्ड नपुगेकाको लागि ७ दिनको आशय पत्र पनि जारी गरेकोले २ कम्पनिबाट मात्र गुनासो आएकोले जवाफ कारण सहित पठाइएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
अस्पताल प्रशासनले टेण्डर प्रक्रिया विधि विधान अनुसार नै भएको दाबी गर्दै व्यवसायीको आरोपको खण्डन गरेको छ । प्रविधिक रुपमा नै अयोग्य भएपछि हामीले ती कम्पनिको आर्थिक प्रस्तावको शिलबन्दी खोलेकै छैनौ, प्रविधिक प्रस्ताव योग्य भएका मध्ये ३ जनाको टेन्डर खोल्दा नव सिर्जनशील कन्स्ट्रक्शनलाई निर्माण समितिले छनोट गरेको छ ।
कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकोले के कति टेण्डर हालिएको बारे अस्पताललाई जानकारी नभएको व्यवस्थापक रायमाझीले भने । बाहिर आएको हल्ला संस्थालाई दुःख र हैरानी दिने मनसायले भएकोले यसमा संस्थाको गम्भीर ध्यानाकर्षण छ । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गर्छौं । उनले भने ।




