२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

फार्मेसी नै नपढी अनधिकृत औषधि बिक्री गर्ने दुईजना पक्राउ

फार्मेसी नै नपढी अनधिकृत औषधि बिक्री गर्ने दुईजना पक्राउ

फार्मेसी नै नपढी अनधिकृत औषधि बिक्री गर्ने दुईजना पक्राउ

फार्मेसी नै नपढी अनधिकृत औषधि बिक्री गर्ने दुईजना पक्राउ

फार्मेसी नै नपढी अनधिकृत औषधि बिक्री गर्ने दुईजना पक्राउ
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • भैरहवा । फार्मेसीमा बसेर अनधिकृत रुपमा औषधि बिक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानिगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसरे औषधि बिक्री वितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधि बिक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि बिक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।


    आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययनभन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलवाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए । पक्राउ परेका आचार्य फार्मेसी सञ्चालक भण्डारीका ज्वाइ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबैजनालाई अनुसन्धान पछि  प्रचलित कानुनअनुसार कारबाही गरिने अनुगमन समितिले जनाएको छ ।


    अनुगमन समितिले आयशा र विनायकसँगै त्यस क्षेत्रमा रहेका इमान, नूर, विन्दबासिनी गरी पाँच वटा फार्मेसीमा अनुगमन गरेको थियो । अन्य फार्मेसीमा गैरकानूनी कार्य नभेटिए पनि म्याद गुज्रिएका औषधिहरु व्यवस्थापन गर्ने तरिका सही नपाइएपछि तत्काल त्यसलाई सुधार्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा.गौरव ढकालले जानकारी दिए । ‘आफ्नो विषय बाहिर गएर अनधिकृत व्यक्ति राखेर औषधि विक्रीवितरण गर्न कानूनले बर्जित गरेको छ’, उनले भने–‘पक्राउ परेका ती व्यक्तिमाथि कारबाही हुन्छ ।’


    यस्तै, त्यस क्षेत्रमा रहेका ५ वटा होटल तथा रेष्टुरेण्टमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नविकरण नभएका, मूल्यसूचि अपडेट नगरिएको र सरसफाइमा ध्यान नदिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ । यस्तै, नविकरण नभएका होटल तथा रेष्टुरेण्टलाई एकहप्ता भित्र नविकरण गर्न निर्देशन दिइएको अर्यालले बताए ।


    जिल्ला प्रशसन कार्यालयमा यहाँका फार्मेसी र होटल तथा रेष्टुरेण्टबारे स्थानीयले लिखित र मौखिम उजुरी दिएका थिए । उजुरीपछि तत्काल अनुगमन गर्दा अनधिकृत व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्याललका अनुसार प्रशासनमा लुम्बिनी प्रादेशिकलगायत भैरहवा–बुटवलमा रहेका ठूला अस्पतालका अगाडि सञ्चालित फार्मेसी, क्लिनिक र होटल तथा रेष्टुरेण्ट दर्ता, नविकरण नभएको, राजस्व नतिरेको, अनुमती नलिएको, होटलले सरसफाइ र गुणस्तरमा ध्यान नदिएको, दररेट नराखी बढी मूल्य लिएको लगायतका उजुरी परेका थिए । ‘हामीले अनुगमनलाई निरन्तर गरेका छौं, गैरकानूनी काम गर्ने जो कोही कानूनको दायरामा आउँछ ।’–उनले भने ।


    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको संयुक्त अनुगमन टोलीमा स्वास्थ्य कार्यालय प्रमुख ढकाल, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहीत संरक्षण कार्यालयका निमित्त प्रमुख लक्ष्मी शर्मा, आन्तरिक राजस्व कार्यालयका अधिकृत धनिश्वर अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत महेन्द्र चौधरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका सदस्य धर्मवीर शर्मा, उपभोक्ता मंच नेपालका पुरुषोत्तम नेपाललगायतको सहभागिता थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij