२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सहकारीले चलायाे बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन

सहकारीले चलायाे बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन

सहकारीले चलायाे बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन

सहकारीले चलायाे बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१

  • बुटवल  । बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन संचालनमा आएको छ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालउ भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । लुम्विनी सहकारी मन्त्रालयका रजिष्टार यमबहादुर कुँवरले स्टेशनको शुभारम्भ गर्नु भएको हो । उहाँले स्टेशनको उद्घाटन गर्दै सहकारीले आफ्ना सदस्यहरुका लागि ब्यवसायिक योजना बनाउनु पर्ने उल्लेख गर्दै सदस्यमुखि योजनाहरुलाई पच्छाएर सफलता प्राप्त गर्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय पर्यावरणीय संरक्षणको हिसावले पनि विद्युतीय सवारीको चाप बढेकाले तिनको सहजताका लागि स्थापना गरिएको चार्जिङ स्टेशनले सकारात्मक सन्देश दिएको बताउनुभयो । सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डे,  जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेल, सामुयिक सहकारीका अध्यक्ष सुरेन्द्र बर्मा, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठ, इन्द्रेणीका निर्वतमान अध्यक्ष धुर्वकुमार धिताल, उपाध्यक्ष माया गौतम लगायतले इभी फाष्टिङ चार्जर स्टेशनको संचालनले बुटवल क्षेत्रमा इभी सवारी चलाउनेका लागि सहजता हुने विश्वास ब्यक्त गर्दै दिगोपनाका लागि शुभकामना दिनु भएको थियो ।
    पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिषरमा स्थापना गरिएको चार्जिङ स्टेशनबाट दैनिक ८०÷९० बढी सवारीका साधानलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सहकारीले जनाएको छ । स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका २ वटा मेशिन जडान भएको छ । करिब १ करोड लगानीमा संचालनमा ल्याइएको  स्टेशनमा एकैसाथ ६ वटा सवारीलाई चार्ज गर्न सकिने छ । स्टशेनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ ।  सहकारीमा हाल २०४८ सदस्य आवद्ध रहेका छन् भने १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ सेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको छ । संस्थाको साढे ३ कट्ठा जग्गासहित सुविधासम्पन्न आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ । यसैबीच स्टेशनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका  आगन सेवा यातायात प्रालिका १५ वटा सवारीका लागि सम्झौता भएको र सेवा लिन सुरु गरेको प्रालिका सञ्चालक सन्तोष कंडेलले जानकारी दिनुभयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij