२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राजस्वसम्बन्धी अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजस्वसम्बन्धी अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजस्वसम्बन्धी अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजस्वसम्बन्धी अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजस्वसम्बन्धी अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा
मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • बुटवल । राजस्वसम्बन्धी अस्थिर नीतिले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले राजस्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरुको भनाइ छ ।
    आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक विद्येयकका कारण उद्योग व्यवसायमा पार्ने प्रभावमन विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सरकारको अस्थिर नीतिका कारण उद्योगी व्यवसायी पलायन हुने स्थितिमा पुगेको बताएका थिए ।
    कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संसदबाट पास भएर आएको ऐन कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै झण्झटीला कुराहरुमा सहजीकरण गर्ने र छिटो छरितो कार्यसम्पादन मात्रै हुन सक्यो भने पनि उद्योगी व्यवसायीलाई राहत मिल्ने भनाई राखेका थिए । उनले राज्यले गर्नुपर्ने कर सचेतनासँग सम्बन्धित कार्यक्रम निजी क्षेत्रबाट उद्योग वाणिज्य संघले गरेकामा पनि आभार व्यक्त गरे ।


    कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको बजेट राजस्व केन्द्रित रहेको र अव्यवहारिक कर नीतिले बन्द हुने स्थितिमा रहेका उद्योग व्यवसाय अव पलायन हुने स्थितिमा पुगेको बताए ।
    उनले उद्योगी व्यवसायीलाई करको व्यवहारिक पक्षको बारेमा जानकारी गराउन र अज्ञानताका कारण हुन सक्ने कमिकमजोरी कसरी हटाउन सकिन्छ भन्ने उद्देश्यले सम्बन्धित निकायका प्रतिनिधि र विज्ञहरुसँग साक्षात्कार गर्नेगरी कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।


    त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले ल्याएको बजटे र राजस्व नीति अव्यवहारिक र अवैज्ञानिक रहेको बताउँदै त्यसले निजी क्षेत्रलाई निरुत्सायित बनाएको बताए ।
    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा उद्योग समितिका सभापति राजेश अग्रवालले सरकारले ल्याएको बजेट तस्करहरुलाई प्रोत्साहन गर्नेगरी ल्याइएको आरोप लगाए । 


    ‘कर बढाईएको छ, तर राजस्व घट्नेवाला छ,’ उनले भने–‘बजेट अवैज्ञानिक छ, यो बजेटले तस्करीलाई प्रोत्साहन गर्छ ।’ 
    अहिले यो देशबाट विद्यार्थी पलायन भएजस्तै उद्योगी व्यवसायी पनि पलायन हुने स्थिति आउने उनले बताए ।
    त्यस्तै उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले ऐनमा वर्षैंपिच्छे हुने परिवर्तनले उद्योगी व्यवसायीलाई के गर्ने भन्ने अन्यौल सिर्जना गराएको बताए । कार्यक्रम संघका महासचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको थियो ।


    त्यस अवसरमा कर तथा राजस्वसम्बन्धी प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल र भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख नारद गौतम रहेका थिए । प्यानल डिस्करणमा भन्सार तथा राजस्वमा भएको समस्या र नीतिगत व्यवस्था, उद्योगी व्यवसायीका समस्या र समाधानको खोजी गरिएको प्यानलिष्ट सिए प्रतिप भट्टराईले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij