२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अनधिकृत बीउबिजनले विविधतामा असर

अनधिकृत बीउबिजनले विविधतामा असर

अनधिकृत बीउबिजनले विविधतामा असर

अनधिकृत बीउबिजनले विविधतामा असर

अनधिकृत बीउबिजनले विविधतामा असर
बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१

  • भैरहवा । नेपालमा दर्ता नभएको बीउबिजनको आयात गर्दा देशको जैविक विविधतामा समेत नराम्रो असर देखिने हुँदा लिलाम प्रक्रिया राष्ट्रिय अर्थतन्त्र तथा जैविक सुरक्षा निम्ति प्रत्युत्पादन हुन सक्ने बैठकमा औँल्याइएको छ । 
    क्वारेन्टाइन कार्यालय भैरहवाको आयोजनामा सोमबार भैरहवामा भएको ‘प्लान्ट क्वारेन्टाईन सम्बन्धि सरोकारवालाहरुको समन्वय बैठकमा सहभागीले विभिन्न प्रकारका कृषिजन्य वस्तुहरु निर्यात गर्दा निर्यात गरिने मुलुकको नियम-शर्त तथा आवश्यकताहरुको बारेमा निर्यातकर्ताहरुले अनिवार्य रुपमा जानकारी लिने वा कार्यालयसँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ । 


    यस्तै  शर्तहरु पालना गर्दा सकेसम्म निर्यात प्रवद्र्धन गर्ने काममा सबैले आ–आफ्नो ठाउँबाट सहजीकरण गर्ने बैठकले निर्णय गरेको क्वारेन्टाईन कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले बताए । बैठकमा विभिन्न निकायबाट गरिएको परिपत्रहरु जानकारी गराइएको पाठकले जानकारी दिए ।नेपालमा दर्ता नभएका एवं चोरीपैठारीको क्रममा बरामद भइ लिलाम भएका बीउबिजनहरु कृषकले लगाउँदा बालीमा दाना नलाग्ने साथै सिफारिस गरिएको क्षेत्रभन्दा फरक स्थानमा लगाएका उत्पादनमा ह्रास आउने जस्ता समस्याहरु देखिन सक्ने क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत सालीकराम पौडेलले बताए ।
    ‘प्रायः सबै बिउ वा विरुवाहरुमा क्वारेन्टाईन तथा नन् क्वारेन्टाईन प्रकृतिका शत्रु जीवहरु लामो समयसम्म लक्षण नदेखाउने गरी सुषुप्त संक्रमणका अवस्थामा रहने हुँदा उच्चतम् जोखिम हुने एवं परीक्षणका लागि दुु्रत प्रविधिहरु समेत उपलब्ध नरहेको अवस्था छ ।’–उनले भने ।


    राजस्व संकलनको नाममा अवैध रुपमा भित्रिएका बीउलाई लिलाम गरेर वैध बनाइए त्यसले जोखिम बढाउने उनको भनाइ थियो । उनले निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने भन्दै निर्यातका लागि दुई देशबीच भएका सम्झौता अनुसार शर्त पालना गर्नुपर्ने बताए । बैठकमा उनले भने–‘उत्पत्तिको प्रमाणपत्र जारी गर्दा राजस्व संकलनको कुरासँग मात्र हेर्नु हुँदैन । प्रमाणपत्र जारी गर्ने निकायले नेपालमा कुन वस्तु उत्पादन हुन्छ वा हुँदैन । सोधखोज गर्नु जरुरी छ ।


    त्यस्तै प्रधानमन्त्री कृषि  आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, भैरहवा, रुपन्देहीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बीउलाई हल्का तरिकाले हेर्न नहुने बताए । उनले बिउ असाध्यै संवेदनशील हो भन्ने बुझ्न जरुरी रहेको बताए । उनले भने–‘बीउ आयातलाई व्यवस्थित गर्नुपर्छ । व्यवसायीको भूमिका महत्वपूर्ण छ । सरकारी निकायले चाहेर मात्र नियमन हुँदैन । सबैले इमान्दारिताका साथ आ–आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ ।’


    सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) का सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले स्थानीय बिउबीजनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय पालिकासँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राखे । 


    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले नेपालको अर्थतन्त्रको खम्बा कृषि र पर्यटन भएको बताए । उनले खुल्ला सीमाका कारण अवैध आयात हुने गरेको बताए । उनले भने– ‘नेपालको नीति उद्योगी, व्यवसायी र किसानमैत्री हुन सकेको छैन ।’


    बैठकमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम (विरुवा रोग विज्ञान) का वैज्ञानिक लक्ष्मण अर्यालले बिउ बाहिरबाट हेर्दा ठीक भए पनि भित्र जीवाणु बोकेको हुन सक्ने बताए । उनले भने–‘बीउ स्वस्थ नभए बोट राम्रोसँग उम्रन सक्दैन । बिउसँगै धेरै कुरा भित्रिन सक्छ, जुन हामीले देख्न सक्दैनौ । रोगी बिउनले माटोमा रोग थप्न सक्छ । सबै सरोकारवाला मिलेर क्वारेन्टाईन प्रक्रियामा सहयोग गर्नुपर्छ । सबै सजग हुनुपर्छ । उनले एउटा किसानको खेतमा देखिने समस्याले अन्य खेतमा असर गर्छ । गलत बाटोबाट बिउ ल्याउने व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij