२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पूर्व विद्यार्थीको जमघटमा पुगेका थिए, छवि

पूर्व विद्यार्थीको जमघटमा पुगेका थिए, छवि

पूर्व विद्यार्थीको जमघटमा पुगेका थिए, छवि

पूर्व विद्यार्थीको जमघटमा पुगेका थिए, छवि

पूर्व विद्यार्थीको जमघटमा पुगेका थिए, छवि
शुक्रवार, आषाढ १ २०८१
शुक्रवार, आषाढ १ २०८१
  • बुटवल । उजीरसिंह माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु बेलाबखत जमघट भइरहन्थे । यो भेटले साथीहरुबीच हार्दिकता बढ्दै थियो । यसपल्ट उनीहरु बेलबास, बँदेलपोखरीस्थित योग गुरूङको रेष्टुरेण्टमा भेट गर्ने निधो गरे । २०४४ देखि ०४६ सम्मका ३० जना एसएलसी ब्याजी जुटे, रमाइलो गरे । तिनै मध्येका तीन जनाले बुधबार दुर्घटनामा ज्यान गुमाएका छन् ।


    बेलबास बँदेलपोखरी ठाउँ रोज्नुको कारण थियो, २०४५ सालमा उजीरसिंहबाट एसएलसी दिएका गुरुङ भर्खरै सम्पन्न एमाले रुपन्देही जिल्ला अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए । उनलाई बधाई दिने भन्दै जुटेकाहरुले बिदा भएको केहीबेरमा दुःखद खबर सुने ।


    त्यो जमघटमा जुटेका विमलराज भट्टराईका अनुसार, दुर्घटनामा परेका छवि शर्मासहित पाँच नुवाकोट जाने भ्यू प्वाइन्टमा पुगेर फोटो खिचेर फर्कने भन्दै उकालो लागे । अरु घर तिर । फर्कदा कार दुर्घटना भयो । तीन जनाको निधन भयो, दुई घाइते भए ।
     लु २ च ८५३१ नम्बरको कार दुर्घटना हुँदा बुटवल-१० का छवि शर्मा, तिलोत्तमा नगरपालिका–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भयो । दुर्घटनामा परी रश्मी श्रेष्ठ र चन्दा श्रेष्ठ घाइते भए । 


    नुवाकोट जाने बाटोको बुटवल भ्यू प्वाइन्ट जाने भनेर छुट्टिएका उनीहरु नुवाकोट पुगेर फर्किदा दुर्घटना भएको हो । फर्कदा ओरालो बाटोको घुम्तीमा गाडी दुर्घटना भएको हो । अप्ठारो बाटो पार गरेपछिको अन्तिम घुम्तीबाट गाडी दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले घुम्तीमा आएपछि दायाँ मोड्नुपर्ने कार सिधा भीरतर्फ खसेको बताए । गाडी सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनास्थल बँदेलपोखरीबाट २ किलोमिटरमा पर्छ । दुर्घटना भएपछि पुगेकाहरु उद्दार गर्न भन्दा भिडियो खिच्न थालेका थिए । सामाजिक सञ्जालमा भेटिएको भिडियोमा छविले ‘बाबु मलाई उठाउँ’, गाडी दुर्घटना भएको हो र ?’ भनेको सुनिन्छ । प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको बताएको छ ।


    उत्पादनको बजार बुझेका पात्र 
    छवि शर्मा कुशल बजार प्रतिनिधि थिए । २०४८ सालदेखि हिराप्रसाद श्रेष्ठको तारालक्ष्मी स्टोर्सबाट बजार प्रतिनिधि थालेका उनी पछिल्ला दिनमा विभिन्न कम्पनीमा काम गरे ।
    तारालक्ष्मीमा काम गर्दै गर्दा विभिन्न कम्पनीका म्यानेजरसँग भेट भयो । त्यसपछि उनी एशियन थाई फुड्समा काम गर्न थाले । अहिले उनी त्रिमूर्ति इष्डष्ट्रिजमा काम गर्दै थिए ।


    ‘इमान्दार र कामप्रति लगाव थियो । बुबाले असाध्यै मन पराउनुहुन्थ्यो ।’- व्यवसायी हिराप्रसादका छोरा एंव उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने । पहिले बुटवलमै बसेर तारालक्ष्मी स्टोर्समा काम गरेका उनी त्यसपछि बलेटक्सार बसेर गुल्मी सेक्टर हेर्थे । चाउचाउ, चुरोट, बिस्कुटको डिस्टिब्युटर्सको काम गर्ने तारालक्ष्मी स्टोर्स त्यसबेला नामी डिस्टिब्युटर्स थियो ।
    एशियन थाई फुड्समा १५ वर्ष काम गरेपछि उनी उद्योगी कमल मालपानीको नजरमा परे । त्यसपछि त्रिमूर्ति इष्डष्ट्रिजमा काम गरे । सरल स्वभावका उनी उद्योगी, व्यापारी र उपभोक्ताको स्वभाव बुझेर व्यवहार गर्न  सक्ने बजार प्रतिनिधि थिए । पछिल्ला वर्ष उद्योगी कमल मालपानीको विश्वासमा परेका उनलाई कम्पनीले कर्पोरेट म्यानेजरको जिम्मेवारी दिएको थियो ।


    जोखिमयुक्त सडक
    बुटवलको बेलबासदेखि पाल्पाको दोभानसम्म जानका लागि विकल्पको रुपमा निर्माण भएको थियो, बेलबास–नुवाकोट–दोभान सडक । यो सडकमा अत्यधिक उकालो र सवारीसाधनले थेग्नै नसक्ने गरी मोडहरू रहेका छन् । डिभिजन सडक कार्यालय बुटवलका अनुसार २०५२ सालतिर स्थानीयले आफूलाई दैनिक आवतजावत गर्न आफँै ट्र्याक खोलेको सडकलाई संघीय सरकारले बजेट दिएर केही चौडा बनाएको थियो । पछि प्रदेश मातहत गएपछि त्यसैमाथि कालोपत्रे गरिएको थियो । विज्ञ र सडक निर्माणमा लामो समयदेखि संलग्न इञ्जिनियरहरूले उक्त सडकको दुरी लामो बनाएर भए पनि जोखिम हटाउन सुझाव दिएका थिए । तर वन कार्यालयले अनुमति नदिएपछि सडक अत्यन्त जोखिम पूर्ण बनेको डिभिजन सडक कार्यालयको भनाइ छ । 


    डिभिजन सडक कार्यालय बुटवलका इञ्जिनियर महेश्वर लम्सालले बुटवलदेखि नुवाकोट सम्मको दुरीलाई थप दुई किलोमिटर बढाएर भए पनि मोड, घुम्ति र उकालो घटाउने प्रयत्न गरे पनि वन कार्यालयले अनुमति नदिएपछि सम्भव नभएको बताए ।
    उनका अनुसार स्थानीयले बनाएको ट्र्याकको लम्बाइलाई केही लम्बाउन पाएको भए बुटवलदेखि नुवाकोट सम्मको अहिलेको करिब ९ किलोमिटरको दुरी २ किलोमिटर बढ्न सक्थ्यो । तर मोडहरू भने अहिले रहेका ३१ बाट घटेर १० वटामा आउँथ्यो ।
    अहिले उक्त सडकमा उकालो दर १५ प्रतिशतभन्दा बढी छ । अर्थात् १ सय मिटर दुरीमा १५ मिटर उकालो छ ।


    रुपन्देही र पाल्पाको सिमा क्षेत्रमा रहेको ऐतिहासिक नुवाकोट बुटवलको उत्तरपश्चिम चुरे पहाडको शिरमा छ । पाल्पाली सेनवंशिय राजा मणिमुकुन्द सेनको गृश्मकालिन दरबारको भग्नावेशष, प्राचीन भैरव मन्दिर, तोपहानलगायतका संरचनाहरूका कारण नुवाकोट ऐतिहासिक क्षेत्र हो । नुवाकोटबाट बुटवल, भैरहवादेखि भारतको सुनौली र नौतनहवासम्मको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
    हरियाली जंगलको चिसो हावा चल्ने नुवाकोट पछिल्लो समय घुम्न र तराईको गर्मी छल्न जानेहरूको उपयुक्त गन्तव्य बनिरहेको छ ।


    पछिल्लो समय नुवाकोट विकास संरक्षण समितिले नुवाकोटमा विभिन्न संरचना निर्माण गरेपनि त्यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्नको लागि पुग्न थालेका छन् ।
    नुवाकोटलाई पर्यटकीय गन्तव्य बनाउन बुटवलका उद्योगी व्यवसायीहरूले होटल तथा रिसोर्ट संचालन गरिरहेका छन् भने सिद्धार्थ केबलकार प्रालिले केबलकार निर्माण गरिरहेको छ । जसको परीक्षण संचालन भइसकेको छ । 
    नुवाकोट घुम्न जानेहरूको संख्या बढिरहँदा छिनछिनमै आउने मोड र अत्यन्त उकालो सडकका कारण त्यहाँ पुग्ने यात्रुहरूको यात्रा भने जोखिमपूर्ण बनिरहेको छ ।


    दैनिकजसो साना तिना दुर्घटना भइरहेपनि ठूला दुर्घटना बाहेकका सूचनाहरू बाहिर आउँदैनन् । साना दुर्घटनाका सूचना बाहिर नआए पनि त्यहाँ पुग्नेहरू भने अप्ठ्यारो सडकको जोखिमबारे चर्चा गरिरहन्छन् ।
    सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा–दोभान खण्डको पहिरोको उच्च जोखिमबाट बच्नका लागि बुटवल बेलबास–नुवाकोट–दोभान सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि सारिएको थियो । सिद्धबाबामा पहिरो गएर घण्टौं सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्याको अन्त्य गर्नका लागि यो सडक निर्माण गरिएको थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij