भैरहवा । बेलहिया बुटवल सडक खण्डको सिद्धार्थनगर ३ दरखस्वामा गुड्दै गरेको गाडीमा आगलागी भएको छ । गाडीको इन्जिन क्षेत्र भित्र ठाउ बनाई अवैध रुपमा मोटरपार्टसको सामान ल्याउदै गरेको अवस्थामा गाडीमा आगलागी भएको हो ।
सुनोैली देखि भैरहवा तर्फ आउदै गरेको लु ३ च ९८२ नम्बरको सुजुकी व्रिजा गाडीको इन्जिन तर्फ आगालागी भएको हो । चालकले भन्सार छलेर अवैध रुपमा मोटरपार्टस र गाडीको प्लास्टिक जन्य पार्टस बोनटमा लुकाएर ल्याउदै गरेको अवस्थामा इन्जिन क्षेत्रमा आगलागी भएको हो । अवैध रुपमा गाडीको पार्टसहरु लुकाएर ल्याउदै गर्दा इन्जिन तातो भई आगलागी भएको अनुमान गरिएको छ ।
चालक रुपन्देहीको बुटवल १२ ढबहा बस्ने ५५ वर्षिय राजेश कुमार शर्माले गाडी चलाइरहेको थिए । आगालागी पछि स्थानीय र सिद्धार्थनगरको दमकलले केही बेरमा आगो नियन्त्रणमा लिएको थियो ।
आगो नियन्त्रणमा आएपछि बोनट खोलेर हेर्दा गाडीको पार्टसको सामानहरु भेटिएकाे छ । प्याकिङ गरेर राखिएकाे जस्ताे सामान, चालक र गाडी प्रहरीकाे नियन्त्रणमा छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर भट्टका अनुसार आगलागीले गाडीकाे अगाडिकाे भागमा क्षति भएकाे छ,मानविय क्षति नभएकाे र विधुत सर्ट भइ आगलागी हुन सक्ने बुझिएकाे छ ।




