२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नौबहिनीको कृषिजन्य उत्पादन निर्यात

नौबहिनीको कृषिजन्य उत्पादन निर्यात

नौबहिनीको कृषिजन्य उत्पादन निर्यात

नौबहिनीको कृषिजन्य उत्पादन निर्यात

नौबहिनीको कृषिजन्य उत्पादन निर्यात
सोमवार, आषाढ ४ २०८१
सोमवार, आषाढ ४ २०८१
  • राधिका भुसाल 
    प्यूठान
     प्यूठानको नौबहिनी गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु जिल्ला बाहिर निर्यात गर्न थालिएको छ । नौबहिनी गाउँपालिका—५ भेण्डाका कृषकले उत्पादिन गरेका तरकारी आइतवार दाङमा पठाइएको छ । 


    भेण्डा टोल विकास संस्थामा आबद्ध भइ व्यवसायिक कृषि खेती सुरु गरेका २३ जना अगुवा कृषकहरुले उत्पादन गरेका ७ सय ५० किलो चौमासे जातको सिमि जिल्ला बाहिर निर्यात गरेको पालिकाका कृषि शाखाका समुन्द्र केसीले जानकारी दिए ।


     ‘चालु आर्थिक वर्षको चैत्र महिनामा त्यहाँका कृषकहरुलाई प्राविधिक सहयोगसहित बिउ उपलब्ध गराएका थियौं,’ शाखा प्रमुख केसीले भने – ‘किसानसँग गाउँ सरकार कार्यक्रम अन्तर उहाँहरुलाई मल, विषादी, कृषिजन्य उत्पादन राख्नका लागि क्यारेटहरु उपलब्ध गराएका थियौं ।’ सोही ठाउँमा नर्सरी निर्माण गरी अकबरे खुर्सानीको बेर्ना पनि उत्पादन भइरहेको उनले बताए । 


    ४९ जना कृषकद्वारा प्रत्येक कृषकले एक एक रोपनी जमिनमा कृषि उत्पादन गर्ने लक्ष्य लिए पनि यस पहिलो सिजनमा  २३ जना कृषकले उत्पादनसँग जोडिएको उनको भनाइ छ । नियमित अनुगमनसँगै कृषकलाई केही समस्या पर्नासाथ आफूहरु उपस्थित भई आवश्यक प्राविधिक  सहयोग गर्दै आएको उनले जानकारी दिए । 


    नौबहिनी गाउँपालिकाका वडा नं. ५ वडा अध्यक्ष दलराज पुनले निर्वाहमुखी   कृषि खेतीलाई अन्त्य गर्दै व्यवसायीमुखी  कृषि खेती गर्दै आय आर्जनमा जोडिनु पर्ने बताए । 


    एक जना कृषकले मात्र उत्पादन गरेको बस्तुले बजार नपाउने हुँदा सामूहिक रुपमा उत्पादन गरि ठूलो परिमाणमा कृषि जन्य बस्तु निर्यात गर्न सहज हुने उनको भनाइ छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij