२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट
सोमवार, आषाढ ४ २०८१
सोमवार, आषाढ ४ २०८१
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बीचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 


    लुम्बिनी केवल कारको प्रस्तावमा समझदारी गरी आइतबार हस्ताक्षर गरिएको हो । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष हरिप्रसाद अर्याल र लुम्बिनी केवलकारको तर्फबाट अपरेसन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गरी आदान प्रदान गरेका छन् । 


    समझदारी अनुसार लुम्बिनी केवल कारले संघका बोर्डका पदाधिकारी तथा सदस्य र सक्रिय सदस्य तथा सचिवालयमा काम गर्ने कर्मचारीका लागि केवलकारको दुई तर्फी टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो । 


    अहिले लुम्बिनी केवलकारको टिकट शुल्क १ हजार रुपैयाँ रहेको छ । संघमा भएको यो समझदारीपछि संघको कार्यसमितिका पदाधिकारी सदस्य, सचिवालयका कर्मचारी र संघमा नविकरण भएका सदस्यहरुलाई केवलकारको टिकटमा ५० प्रतिशत छुट गरी ५ सय रुपैयाँ लिइने छ ।

     
    समझदारीअनुसार केवलकार टिकटमा छुट लिनको लागि संस्थाको परिचय पत्र अनिवार्य गरिएको छ । केवलकारको टिकटमा मात्रै छुट हुनेछ । 


    दुबै पक्षले विज्ञापन बोर्ड वा अन्य सम्बन्धित प्रवद्र्धन सामग्रीहरु एक अर्काको परिषरमा राखेर प्रवद्र्धन गर्नेछन् । यो समझदारी एक वर्षसम्म रहने छ । आपसी सहमतिमा परिवर्तन पनि गर्न सकिने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij