परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– २ बस्ने मोहन हरिजनको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ । विगत लामो समयदेखि बिरामी भई उपचार गराउँदा गराउँदै आर्थिक रकम अभाव भएकाले परिवारजनले सहयोगको आग्रह गरेको हो ।
पाल्हीनन्दन घर भई हाल रामग्राम नगरपालिका–१ गंगापथमा बसेर मजदुरी गर्दै आएका मनोजको हाल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सुगर र प्रेसरका कारण आँखाको ज्योति आंशिक गुमाउनु भएका मनोजलाई अहिले टाउकोमा समस्या देखिएको मनोजकी श्रीमती लक्ष्मी हरिजनले बताए । टाउकोमा रगत जमेको र अप्रेसन गराउन काठमाण्डौं लैजान चिकित्सकहरुले सुझाव दिएका छन् । रकम अभावका कारण काठमाण्डौं लैजान नसकिएको भन्दै लक्ष्मीले आफ्ना श्रीमानको ज्यान बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको हो ।
उपचारका लागि अहिलेसम्म २ लाखबढी खर्च भएको लक्ष्मीले बताए। ‘आँखाको बिरामी भई अप्रेसन गराउँदा विभिन्न संघसंस्थाहरु र सहयोगीहरुले रकम सहयोग गरेको थियो । अहिले फेरि टाउकोमा समस्या देखिएको छ । पैसा छैन, आर्थिक सहयोग गरेर अप्रेसन गराउन सके श्रीमानलाई बचाउन सक्थे ।’ लक्ष्मीले दुःखेसो पोखे । लक्ष्मीका ८ वर्षीया छोरी र ७ वर्षिय छोरा छन् । श्रीमान बिरामी हुँदा छोरा छोरीको पठन पाठनमा समेत समस्या भएको लक्ष्मीले दुःखेसो गरे। आर्थिक सहयोग गर्न चाहाने सहयोगीदाताहरुलाई लक्ष्मी हरिजनको नाउँमा नेपाल राष्ट्र बैंक पाल्हीनन्दन शाखामा रहेको बचत खाता नम्बर २४८०११०७६६०८५१०००००१ मा रकम जम्मा गर्न परिवारजनले आग्रह गरेको छ ।




