२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोहिणीका ४५० घरधुरीले पाए लालपूर्जा

रोहिणीका ४५० घरधुरीले पाए लालपूर्जा

रोहिणीका ४५० घरधुरीले पाए लालपूर्जा

रोहिणीका ४५० घरधुरीले पाए लालपूर्जा

रोहिणीका  ४५० घरधुरीले पाए लालपूर्जा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • भैरहवा ।  रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत रहेको गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।  पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका पालिकाको वडा नम्बर ३ मा रहेको ४१५ जना व्यक्ति  र ३५ वटा सरकारी निकाय तथा संस्था गरी ४५० थान लालपूर्जा वितरण गरिएको हो   । 

    रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहको आयोजनामा धकधईमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गाधनिलाई लालपूर्जा हस्तान्तरण गरे ।

    वि.सं. २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन समय नभएपछि गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए ।

    सो अवसरमा बोल्दै मन्त्री अधिकारीले लालपुर्जा नहुँदा पुस्तौँपुस्ता बिताएको जमिन आफ्नो भन्ने अवस्था नरहेकोले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले अभियान चलाएको बताए । उनले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा हामी अघि बढेका छौ, नितिगत तथा कानुनी जटिलताका कारण अवरोधहरु अएकोले कानु संशोधन गरेर भएपनि यी समस्याहरु समाधान गर्ने बताए । 

    नेपाल सरकारले वर्षौंदेखि गाउँ ब्लकमा रहेको कित्ता जग्गालाई नापजाँच गरी अभियानकै रुपमा सम्बन्धित जग्गाधनीलाई दर्ता प्रमाणपत्र वितरण गर्ने योजना बनाएको छ । मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट वञ्चित भएको बताए । उनले भने, ‘जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानून बनाउन बाँकी छन् । कतिपय नागरिक वर्षौदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरुको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौं ।’

    मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताए । उनले भने, ‘जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौं, दशैैपछि आयोग गठन गर्छौं । ’

    रोहिणीका नागरिक ४०–५० वर्ष देखि लालपूर्जा नपाएर आफ्नो जग्गाको मालिक हुन सकेका थिएनन । एक वर्ष देखिको निरन्तर पहलमा जटिलताहरुलाई समाधान गर्दै नागरिकलाई लालपूर्जा दिलाएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । पुस्तौंदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफुहरुले पहल गरेको बताए ।

    यस पालिका क्षेत्रमा करिब २ हजार जग्गाधनि गाउँब्लकमा जग्गा रहेकोले नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै थियो । वर्षौ देखि घर बसोवास भएपनि अझै कति पय ठाँउमा समस्या रहेकोले यसलाई समाधान गर्दै लैजाने तर्फ हामी लागेको यादवले भने । 

    नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले ८४१ वटा गाउँब्लक र ६७५ हेक्टर जग्गाको पूर्जा वितरण गरिसकिएको जानकारी दिए । कानुनी जटिलताका कारण हामीलाई पूर्जा दिन रोकिरहेकोले यसलाई विस्तारै विभागले सम्बोधन गर्दै लैजाने बताए । अभियानकै रुपमा गाँउ ब्ल्क  जग्गाको नापी गरी नक्सा तयार पारेर फिल्ड बुकमा चढाई स्रेस्ता कायम गरी दर्ता प्रमाणपत्र दिइएको यादवले भने । 

    पहिले नापी गर्दा गाउँ बस्तीको घरजग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा हो । विसं २०२१ मा तत्कालीन राजा महेन्द्र शाहले भूमिसुधारको नीति ल्याएपछि नाप्दानाप्दै छुटेका जग्गा व्यक्तिगत नामकरणमा नभई गुजुमुच्चरुपमा गाउँ ब्लकमा राखिएको थियो । यस्ता गाउँ ब्लक अहिले पनि ११ जिल्लामा छन् । ती जिल्लामा गरी करीब १५ लाख जग्गाधनीले दर्ता प्रमाणपत्र पाएका छैनन् । नेपालमा विसं २०१४ मा नापी विभाग स्थापना भएको थियो भने २०१९ सालमा नापी ऐन जारीपछि २०२१ सालमा कित्ताको लगत निकाल्न शुरु भएको थियो ।

    रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जनताको आवाज लिएर अगाडि बढेको बताए । उनले वर्षौदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो सम्पत्तिको हक पाएको बताए ।

    वर्षैा देखि लालपूर्जा नहुँदा व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट हामी वञ्चित थियौ लालपूर्जा पाए पछि धेरै नै खुशी रहेको स्थानीयहरुले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij