२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कौतुकमय चन्द्रकोट

कौतुकमय चन्द्रकोट

कौतुकमय चन्द्रकोट

कौतुकमय चन्द्रकोट

कौतुकमय चन्द्रकोट
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • ऐतिहासिकता र धार्मिकता बोकेर बसिरहेको चन्द्रकोटमा पर्यटकीय विकासका लागि भएका प्रयासहरूले सकारात्मक नतिजा दिन थालेको छ ।
    श्रीराम ज्ञवाली
    बुटवल
    शान्तिपुर, अब उस्तै छैन । ऐतिहासिकताको महत्व बोकेर विकासको बाटोमा अगाडि लम्किरहेको शान्तिपुरमा अहिले बजार पसिसकेको छ । बजारसँगै सुविधा पनि छिरेको छ । निजी क्षेत्रबाटै सोही बजारमा अहिले ठूलो अस्पताल खुलिसकेको छ । शान्तिपुरेहरू डिपार्टमेन्टल स्टोरमा किनमेल गर्छन् । स्थानीय परिकार पाक्ने होटलहरू खुलेका छन् । शान्तिपुर अब उस्तै छैन । 
    बजारले स्पर्श गरेको शान्तिपुरमा अब पर्यटकहरूको आगमन पनि विस्तारै देखिन थालेको छ । चन्द्रकोटमा रहेका पर्यटकीय स्थलको विकासले पर्यटकहरूलाई तानिरहेका छन् । यसले गाउँपालिकामा रौनक नै छाएको पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री बताउँछन् । उनी भन्छन्,– ‘चन्द्रकोटमा धार्मिक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको कमी थिएन । तर सधैं ओझेलमा परेका थिए । पालिकाले अहिले ती सम्पदाहरू चिनाउने र पर्यटकहरूको आगमनलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ ।’


    हुन पनि गाउँपालिकामा प्रसिद्ध चन्द्रकोट मन्दिर, दिव्रुङ मन्दिर, चक्रेश्वर मन्दिर लगायतका मन्दिरहरूले पालिकाको धार्मिक पर्यटनलाई नयाँ उचाइमा लगेका छन् । पालिकाको शीरमा रहेको टिमुरे ताल र शान्तिपुर नजिकै रहेको अर्जेवा झरना त पर्यटकहरूले खुबै रुचाउने गन्तव्य बन्न पुगेका छन् ।


    ‘यस्ता गन्तव्यहरूले पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक विकास मात्रै गरेका छैनन्, पर्यटकहरूलाई अब चन्द्रकोट जानुपर्छ है भन्ने भावना पनि जागृत गराएका छन् ।’– पालिका अध्यक्ष खत्री भन्छन् । 
    हुन पनि अहिले गाउँपालिका पर्यटकीय क्षेत्रमा गरेको लगानीकै कारण वर्षेनी विभिन्न जिल्लाहरूबाट पर्यटकीय क्षेत्रहरू अवलोकन गर्न आउने पर्यटकहरूको संख्या बढ्दो क्रममा छ ।


    ‘टिमुरे ताल र अर्जेवा झरना चन्द्रकोट गाउँपालिकालाई चिनाउन सक्ने पर्यटकीय स्थलहरू हुन्,’ गाउँपालिकाका अध्यक्ष खत्री भन्छन्– ‘यी सम्पदाको संरक्षण र पर्यटकीय हिसाबले क्यास गर्न करोडौंको लगानी गरिसकेका छौँ ।’
    गाउँपालिकाले आफ्नै लगानीमा ताल र झरना संरक्षण गरिरहेको छ । यी दुवै मनोरम प्राकृतिक क्षेत्रमा सहज रूपमा अवलोकन गरी शान्तिपूर्ण वातावरणमा आनन्दमय रूपमा बस्न मिल्ने पूर्वाधारको निर्माण गरिएको छ । ‘झरना अवलोकन र फोटो शेसनका लागि पार्क निर्माण, झरनाबाट झरेको पानीको बहावलाई व्यवस्थित रूपमा व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता कामहरू गर्दै थप प्रभावकारी रूपमा पर्यटकहरूलाई रमणीय वातावरणको अनुभूति दिलाउने गरी योजनाहरू अगाडि सारेका छौं ।’– अध्यक्ष खत्रीले भने ।


    गाउँपालिकासम्म आउन पाँच वर्षअघिसम्म पनि सकस हुने गर्दथ्यो । सडक सञ्चालनको विकास उति सारो भइसकेको थिएन । बनेका सडकहरू कच्ची थिए । धुलो र हिलोका कारण आवतजावतका लागि निकै समस्या पर्ने गर्दथ्यो । तर अहिले सडक सञ्चालनको तीव्र स्तरोन्नति भइरहेको छ । यसले पर्यटकीय क्षेत्रमा पहुँच पु¥याएको छ । 
    गाउँपालिकाका प्रमुख प्रशासकीय बुद्धप्रकाश पौडेलले चन्द्रकोटमा रहेका पर्यटकीय क्षेत्रले अवलोकनका लागि दुई÷चार दिनको समय मिलाएर आउन सके आनन्दमय वातावरणले बसौंबसौं भई सबै कष्टहरूलाई पन्छ्याएर प्रकृतिसँग घुलमिल गराउने बताए । ‘चन्द्रकोटमा अब गाउँ फर्किनेहरू, शहरबाट वाक्क भएर प्रकृति खोज्दै आउनेहरू, अध्ययन अनुसन्धानमा रुचि राख्नेहरू र गाउँमा रमाउन चाहनेहरूको लागि प्रमुख गन्तव्य बनिसकेको छ ।’ –उनी भन्छन् ।


    स्थानीय पर्यटन व्यवसायी तथा टिमुरे रिर्सोटका सञ्चालक कमल केसीले पछिल्लो समयमा ताल अवलोकन गर्न आउने पर्यटकहरूको संख्या वृद्धि हुँदै गएको बताए । हिउँद बर्खा कुनै समयमा पनि ताल नसुक्ने सदाबार भएको बताउँदै व्यवसायी केसीले बर्खाको समयमा तालमा पनि भरिए पनि हिउँदको समयमा केही पानी सुकेता पनि बोटिङ गर्न मिल्ने जति पानी रहने बताए । वार्षिक अनुमानित १०÷१५ हजारले तालको अवलोकन गर्ने र तीन÷चार हजार पर्यटकहरूले टेण्टमा बसेर रात बिताएको बताउँदै केसीले पिकनिक स्पोर्ट निर्माण, सडक कालोपत्रे, बाससहितको होटेल व्यवस्थापन भएसँगै एक÷दुई रात बिताउने गरी आउने पर्यटकहरूको संख्यामा उल्लेख्य रुपमा वृद्धि हुने जनाए ।


    चन्द्रकोटको सेरोफेरो आफैँमा साँच्चै मनोरम छ । दृश्य अवलोकन र प्राकृतिक वातावरणमा बाह्रै महिना घुलमिल हुन सकिने उक्त स्थानबाट देखिने चारैतिरको दृश्य, स–साना बोटबिरुवा, प्राकृतिक बनोट, हावापानी सबै हेर्दा स्वर्गको अनुभूतिमा गरिने र सुनिने चर्चाभन्दा कम छैन । उक्त क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा धेरै प्रयास गरिरहेको गाउँपालिकाले हरियाली प्रवद्र्धन र पर्यटकहरूलाई बासस्थानको लागि थप संरचनाहरूको विकास गर्दैछ ।


    विकासको मेसो 
    गाउँपालिका अध्यक्ष खत्रीका अनुसार जनप्रतिनिधिले पदभार ग्रहण गरेको २ वर्षको अवधिमा पालिकाभित्र साढे १४ किलोमटिर सडक पक्की बनेको छ भने २४ किलोमटिर सडकको ट्रयाक खुलेको छ । बजारका मुख्य क्षेत्रहरूमा नाली व्यवस्थापनका क्रमागत योजनालाई निरन्तरता दिएको पालिकाले विभिन्न स्थानको सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाइरहेको अध्यक्ष क्षेत्री बताउँछन् । 


    खेलमैदान निर्माणदेखि एकीकृत बस्ती विकासका कामले गति लिएको उनको भनाइ छ । 
    ‘एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत शान्तिपुरको श्रीलंका टोल र फूलबारी टोलमा सडक कालोपत्रे तथा ढलान भएको छ भने २ वटा झोलुंगे पूल २ वर्षभित्रैमा सञ्चालनमा ल्याएका छौँ,’ अध्यक्ष क्षेत्रीले भने – ‘यो अवधिमा ३ वटा स्वास्थ्य केन्द्रको भवन बनेको छ भने अर्को एउटा बन्ने चरणमा छ ।’ 


    अध्यक्ष क्षेत्रीका अनुसार पालिकाभित्रका सडकलाई दिगो र भरपर्दो बनाउन पालिकास्तरीय यातायात गुरुयोजना बनेको छ ।  पालिकाभित्रका भूमिलाई वर्गीकरण गरी भू–उपयोगलाई वैज्ञानिक बनाउने अभियानमा यतिबेला पालिका जुटेको अध्यक्ष क्षेत्री सुनाउँछन् । 
    पालिका भवन बनाइरहेको चन्द्रकोटमा १५ बेडको शान्तिपुर अस्पताल निर्माणको काम अन्तिम चरणमा छ । ९० प्रतिशत काम सकिइसकेको यो अस्पताल सञ्चालनमा आएपछि पालिकाभित्रका सामान्य बिरामीले अब उपचारका लागि सदरमुकाम र जिल्ला बाहिर धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने पालिकाको विश्वास छ । 


    विभिन्न पोखरीहरूको निर्माण, खानेपानी योजनाहरूको निर्माणलगायतका कामले गति मात्र लिएका छैनन्, २ वर्षको अवधिमा कतिपय आयोजना तयार भएर सञ्चालनमा समेत आइसकेका छन् । 


    यो अवधिमा पालिकाभित्र ५ किलोमिटर हाराहारीमा खानेपानीको पाइपलाइन बिस्तार भइसकेको छ भने साढे ६ किलोमिटर सिँचाइ कुलो निर्माण भएको छ । पालिकाभित्र बाह्रै महिना यातायात सुविधाका लागि सडक मर्मतलाई प्राथमिकतामा राखेको पालिकाले पर्यटन पूर्वाधार विकासमा समेत चासो दिँदै आएको छ । पालिकाभित्रका अर्जेवा झरना, चन्द्रकोट मन्दिर, टिमुरेताल, रुमालबारी, पाटेचौर पिकनिक स्पोर्टलगायतका स्थानको पूर्वाधार निर्माण र सौन्दर्यीकरणका योजनाहरू सञ्चालनमा रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij