२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पवित्र सत्यवती, रमणीय भार्से

पवित्र सत्यवती, रमणीय भार्से

पवित्र सत्यवती, रमणीय भार्से

पवित्र सत्यवती, रमणीय भार्से

पवित्र सत्यवती, रमणीय भार्से
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रबाट धवलागिरी हिमश्रृंखला, माछामाछापुच्छे, अन्नपूर्ण, मानापाथी हिमालको मनोरम दृश्य देख्न सकिन्छ भने उक्त क्षेत्रमा क्याम्पिंग गरी सूर्योदय र सूर्यस्तको अनुपम स्वर्गीय अनुभव लिन सकिन्छ ।
    लुम्बिनी संवाददाता
    गुल्मी
    नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको एक गुल्मी जिल्लाको सत्यवती गाउँपालिकास्थित बुढी सत्यवती हो । गुल्मीको तेस्रो अग्लो पहाड २,५४० मिटर उचाइको सत्यवतीमा बुढी सत्यवतीको ऐतिहासिक धार्मिक मन्दिर छ । सत्यवती गाउँपालिकाले धार्मिक महत्वको बुढी सत्यवतीलाई केन्द्रविन्दुमा राखेर सिंगो पालिकाको पर्यटन विकासको नीति बनाएको छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे भन्छन्– ‘गुल्मी मात्रै होइन, छिमेकका जिल्लाबाट पनि आस्था बोकेर मन्दिर दर्शनका लागि आउँछन् । पालिकाको मुख्य आकर्षणको केन्द्रविन्दु भएकाले पालिकाले सत्यवतीकै वरपर रहेर पर्यटन केन्द्रित विकासको काम सुरु गरिसकेका छौँ ।’ 


    बुढी सत्यवतीमा वि.स. १९९० मा समुन्द्र सतहदेखि दुई हजार मिटर उचाइमा सत्यवती बजैको मन्दिर प्रतिस्थापना गरिएको थियो ।  बुटवलबाट ९६ किलोमिटर दूरीमा रहेको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्रमा दशौं हजारको जात्रा लाग्ने गर्दछ भने गुल्मी, पर्वत, स्याङ्जा, पाल्पा, बाग्लुङ रूपन्देही, मनाङ, मुस्ताङ् र अर्घाखाँची जिल्लाहरूबाट जात्रा भर्नेहरू भेला हुने गर्दछन् ।


    सत्यवती मन्दिर परिसरमा कात्तिक महिनामा पर्ने बैकुण्ठ चतुर्दशीको बेलुकी जाग्राम बस्ने र भोलिपल्ट भेकुम पूर्णिमा बिहान पूजा र बर माग्ने प्रचलन छ । तर बर माग्दा सत्यवती बजै कान नसुन्ने बाहिरी भएकोले चिच्याएर माग्ने चल्न छ । भक्तालुहरूले सत्यवतीलाई परेवा उडाउने र टेवा भाग दिने गरी माई, थानी, झाँक्री देवहरूलाई कुखुरा, बाख्रा र भेँडाको पाठा बली चढाउने र सिद्धबाबालाई दूधधार दिने चलन छ । 


    सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रको वरिपरि ऐतिहासिक महत्वको थानी बाजेबजै (देउराली), सिद्धबाबा (हिले), हचिंकोट दरबार, बुद्ध मन्दिर (थुम्का), हुक्रायो सेती नाग (थुम्का), मगर संग्रहालय (भञ्ज्याङ देउराली) र मसिनाको बराही ताल (पात नझर्ने) अवलोकन गर्न सकिन्छ । यी सबै महत्वका स्थलहरू अवलोकन गर्न कम्तिमा तीन दिन लाग्दछ । 


    सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रबाट धवलागिरी हिमश्रृंखला, माछामाछापुच्छे, अन्नपूर्ण, मानापाथी हिमालको मनोरम दृश्य देख्न सकिन्छ भने उक्त क्षेत्रमा क्याम्पिङ गरी सूर्योदय र सूर्यस्तको अनुपम स्वर्गीय अनुभव लिन सकिन्छ । सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रमा हर्बल गार्डेन बन्दैछ । उक्त क्षेत्रको वनजंगलमा प्रचुर मात्रामा सतुवा, बिखमा, चौत्रा, काली काफल, पखनबेत, लाली गुरास, सिन्कौली, कुरिलो, टिमुर, सिस्नु, बाँकोजस्ता मेडिसिनल महत्वका जडीबुडीहरू पाइन्छ ।


    बुढी सत्यवतीमा पालिकाले एक करोड ६० लाख रुपैयाँ लगानीमा पालिका केन्द्रबाट सत्यवती जाने सडक विस्तार गरिरहेको छ । त्यस्तै गेट निर्माण गरिरहेको छ भने पार्किङस्थल पनि बनाइसकेको छ । 


    बुढी सत्यवती मात्रै होइन, वडा नं.३ मा रहेको सानो सत्यवतीको महिमा पनि उत्तिकै छ । आगन्तुकका लागि बस्न र रमाउन सजिलो होस् भनेर सत्यवती गाउँपालिकाले प्रतिक्षालय, पिकनिक स्पोर्ट, सेल्फी प्वाइन्टलगायतका संरचना बनाइदिएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत कमलप्रसाद भुसालको भनाइमा सानो सत्यवतीमा अहिले पिकनिक तथा वनभोजका लागि पालिकाभित्रबाट मात्रै होइन, अन्यत्र जिल्लाका स्थानीय तहका विद्यालय, सहकारी तथा संघसंस्थाहरू वनभोजका लागि आउने गरेका छन् । उनी भन्छन्– ‘प्रकृतिमा रमाउन चाहनेहरूका लागि सत्यवती आफैँमा रमणीय स्थान हो । यहाँ पालिकाले केही संरचना बनाएको छ । यसले आगन्तुकहरूका लागि अझैं सहज भएको छ ।’


    त्यति मात्रै होइन, पालिकाले वडा नं. ३ मा २० लाख रुपैयाँ लागतमा शहीदपार्क निर्माण गरिरहेको छ । मसिना दहमा १६ लाख रुपैयाँको लागतमा अर्को पिकनिक स्पोर्ट बनाउनका लागि ट्रस, शौचालय र प्रतिक्षालय बनाएको छ ।
    गाउँपालिकाका प्रशासकीय अधिकृत भुसाल भन्छन्– ‘पर्यटकीय संरचना निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तह मिलेर काम भइरहेको छ । यसको नतिजा पनि देखिन थालेको छ । पर्यटकको आवागमन बढिरहेको छ ।’


    मगर गाउँ भार्सेले तान्दैछ पर्यटक
    सत्यवतीको भार्से गाउँमा गुल्मीकै सबैभन्दा धेरै मगरहरू रहेको बस्ती हो । यो बस्तीमा उनीहरूले आफ्नो परम्परा, रीतिरिवाज, भेषभूषा, भाषा, संस्कृति र पहिचानलाई सकेसम्म जीवन्त राख्ने प्रयास गरिरहेका छन् । यही क्रममा उनीहरूले आफ्ना कला–संस्कृति प्रवद्र्धन गर्ने गरी गाउँमा पर्यटकसमेत भिœयाउन थालेका छन् । 


    भार्सेको वरिपरि पहाडले घेरेको छ । समतल फाँटको बीचमा रहेको सानो बस्ती साँच्चै सुन्दर छ । अधिकांश ढुंगाका घर, हरियाली अनि स्वच्छ वातावरण । जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ पुग्ने पर्यटक फेरि–फेरि आउने वाचा गर्छन् ।


    सत्यवती गाउँपालिका– ८, भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्धस्तूपा निर्माण भइरहेको छ । यो समुद्री सतहदेखि दुई हजार एक सय ८० मिटर उचाइमा छ । स्तूपा निर्माणको नेतृत्व गरिरहेका भार्सेली समाज हङकङका अध्यक्ष कुलबहादुर बुढाथोकीका अनुसार स्तूपा निर्माणमा भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौंलगायतका संघ–संस्था र व्यक्तिले सहयोग गरिरहेका छन् । 


    स्तूपासँगै पर्यटकलाई आकर्षित गर्न नजिकै फनपार्क पनि छ । पार्क निर्माण अन्तिम चरणमा छ । भार्से देउरालीबाट उत्तरका धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«ेलगायतका हिमशृंखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका महŒवपूर्ण दृश्यावलोकन गर्न सकिन्छ ।


    भार्सेको सोरठी र कृष्णचरित्र लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छ । मेला–महोत्सवमा भार्सेलीहरूले सोरठी र कृष्णचरित्रसँगै झ्याउरे, सालैजो र दोहोरी प्रस्तुत गर्छन् । भार्सेमा होमस्टे सञ्चालन भएकाले पाहुनाको चाहनाअनुसार गाउन र नाच्न सक्छन् । कृष्ण जन्माष्टमीमा कृष्णचरित्र गाउने र देखाइने गरिन्छ । यस्ता प्रकारका कला–संस्कृति र परम्परा जिल्लाका अधिकांश ठाउँमा संकट छन्, तर यी गीत र नृत्यहरू भार्सेमा पाको पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गरेको गायक तथा बाद्यवाधक नारायण विकले बताए । ‘मैले गाउँका पाको पुस्ताको पछि लागेर सोरठी र कृष्णचरित्र सिकेँ । अहिले मैले पनि युवाहरूलाई सिकाइरहेको छु,’ उनले भने– ‘विद्यालय र क्याम्पसमा अध्ययन र अभ्यास आवश्यक छ ।’ 


    लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका छन् । उनले करिब ३५ लाख लगानीमा भवन निर्माण गरेर भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो समेटेर गोर्खा ग्यालरी स्थापना गरेका हुन् ।
    ग्यालरीमा अहिलेसम्म एकजना जीवित र २४ जना दिवंगत व्यक्तिहरूको तस्विर र संक्षिप्त विवरण राखिएको छ । जसमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्विर राखिएको छ । उनीहरू बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । विश्वयुद्ध लडेका २५ जनामध्ये ९८ वर्षीय बहादुर आले जीवितै छन् । 


    रिडी–रुद्रवेणी–वामी टक्सार मुख्य सडकखण्ड अन्तर्गत खैरेनीबाट डेढ घन्टाको उकालो हिँडेपछि भार्से पुगिन्छ । भार्सेली मगरहरूको कला–संस्कृतिको संरक्षणसँगै पर्यटकीय सम्भावना देखेर चार वर्षदेखि होमस्टे सञ्चालन गरेको रानीवन होमस्टे सञ्चालक समितिका अध्यक्ष गंगा दर्लामीले बताइन् । यहाँ पुग्ने पर्यटकहरू सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाकामा गाउन र नाच्न सक्छन् । गीत गाएर र नाचेर पाहुनालाई रात गएको पत्तै हुँदैन । होमस्टेमा खान, बस्न र सुत्नका लागि खासै महँगो छैन । लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण रहेको दर्लामीले बताइन् । स्वादिष्ट कोदोको ढिँडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी होमस्टेका विशेषता हुन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij