२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुद्धपार्कमा  व्यायामशाला

बुद्धपार्कमा  व्यायामशाला

बुद्धपार्कमा  व्यायामशाला

बुद्धपार्कमा  व्यायामशाला

बुद्धपार्कमा  व्यायामशाला
शुक्रवार, आषाढ ८ २०८१
शुक्रवार, आषाढ ८ २०८१
  • रामपुर । पाल्पाको रामपुर नगरपालिका–६, बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण भएको छ ।  नागरिकलाई स्वस्थ्य बनाउन नियमित अभ्यासमा सहजताका लागि नगरमै पहिलो पटक खुल्ला व्यायामशाला निर्माण गरिएको छ ।  

    बुद्धपार्कमा खुल्ला व्यायामशालाको शुभारम्भ गर्दै रामपुर नगर प्रमुख रमणबहादुर थापाले स्वस्थ्य नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायामशालाको अवधारण अगाडि बढाएको बताए । उनले प्रत्येक वडाको उपयुक्त स्थानमा खुल्ला व्यायामशाला निर्माणका लागि वडाहरूलाई आग्रह गरिएको जानकारी दिँदै आगामी वर्ष थप व्यायामशाला निर्माणमा जोड दिने बताए ।


    स्वास्थ्य महत्त्वपूर्ण विषय भएकाले नागरिकलाई व्यायामको महत्वबारे जानकारी दिन र शारीरिक व्यायाममा प्रेरित गर्नका लागि चालु आर्थिक वर्षको ३ लाख बजेटबाट खुल्ला व्यायामशाला निर्माण गरिएको वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिए  । 
    हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेटलगायत शरीरका विभिन्न अङ्गहरूको व्यायामका लागि पाँच थरी उपकरण जडान गरिएको खुल्ला व्यायामशालामा एकैपटक १० जनाले व्यायाम गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर थापाले जानकारी दिए । व्यायामका आधुनिक उपकरण जडान गरेसँगै व्यायामका लागि बालक, युवादेखि ज्येष्ठ नागरिक व्यायामका लागि नियमित अभ्यासमा सहभागी हुने गरेको कोषाध्यक्ष सुष्मा ओलेले जानकारी दिइन  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij