२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुढ्यौलीमा बल्ल नागरिकता

बुढ्यौलीमा बल्ल नागरिकता

बुढ्यौलीमा बल्ल नागरिकता

बुढ्यौलीमा बल्ल नागरिकता

बुढ्यौलीमा बल्ल नागरिकता
शुक्रवार, आषाढ ८ २०८१
शुक्रवार, आषाढ ८ २०८१
  • राधिका भुसाल 
    प्यूठान 
    स्वर्गद्वारी नगरपालिका ४ स्थायी घर भएका खेमबहादुर रावलले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएका छन् । उनले माण्डवी गाउँपालिका ३ जस्पुरमा रहेको इलाका प्रशासन कार्यालयबाट बुधवार नागरिकता पाएका हुन् । 


    वि.स. २००१ बैशाख १५ गते जन्मिएका उनले १६ वर्षमै नागरिकता प्राप्त गर्नुपर्ने भएता पनि रावल लामो समयदेखि भारतमा बस्दै आएको हुँदा नागरिकताबारे थाहा नपाएर इलाका प्रशासन कार्यालयले जनाएको छ । हाल छोराहरुले नेपाल आएर विवाह गरेपछि विहे दर्ताको लागि आवश्यक परेपछि छोरा बुहारीसँगै दाजुभाइको साथमा वृद्ध रावलको नागरिकता बनाउन कार्यालय आएको इलाका प्रशासन जस्पुरमा कार्यरत पदम खनालले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij