२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

उपभोक्ता आकर्षित गर्न तरकारी जात्रा

उपभोक्ता आकर्षित गर्न तरकारी जात्रा

उपभोक्ता आकर्षित गर्न तरकारी जात्रा

उपभोक्ता आकर्षित गर्न तरकारी जात्रा

उपभोक्ता आकर्षित गर्न तरकारी जात्रा
शुक्रवार, आषाढ ८ २०८१
शुक्रवार, आषाढ ८ २०८१
  • कृष्ण पोखरेल 
    पाल्पा 
    तानसेन बजारमा बिहीबार फरक किसिमको जात्रा देखियो । मानिसले त्यो जात्रा अचम्म मानिमानि हेरे, तर कहीँ कतैबाट जात्राको बारेमा जानकारी भने पाएनन् । शरीर भरी विभिन्न थरीथरीका  तरकारीको कपडा लगाएर  एक युवा र युवती तानसेन बजारमा देखिए । शिरदेखि पाउँसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिंडेका युवायुवतीसँग भने तानसेन बजारमा सेल्फी फोटो खिच्ने र खिचाउनेहरुको भिडभाड नै देखिन्थ्यो । 


    बजारमा सर्वसाधारणहरुको जिज्ञासा थियो, यो तानसेनमा कुन खालको गाईजात्रा हो, नत गाईजात्राको बारेमा कुनै व्यानर छ, नत कसैले कुनै जानकारी दिन्छ, नत बाजागाजा छ, नत लामो ¥याली छ, युवायुवतीको शरीर भरी तरकारी प्रदर्शनले तानसेनवासी सबैलाई जिज्ञासु बनाइदियो । युवायुवतीले तानसेन बजारमा आउने स्थानीय कृषकहरुका सबै खाले तरकारीहरु शरीरा विभिन्न अंगहरुमा लगाएर प्रदर्शन गरेका थिए ।  


    सर्वसाधारणको जिज्ञासा थियो यस्तो खालको जात्रा कहिल्यै देखिएको थिएन, जीवनमा पहिलो पटक देखियो, तानसेन विशाल बजारमा मासु पसल सञ्चालन गर्दै आएका गोकुल पौडेलले बताए । तानसेनको बसपार्क, टँुडिखेल, भिमसेनटोल, नारायाणस्थान, असनटोल शितलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो । 


    कलाकारद्धय गोकुल सारु र नानु मगरले शरीरभरी आलु, लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरु शरीरभरी लगाएर जात्रा देखाएका थिए । 
    हो यो एक किसिमको जात्रा हो, मानिसलाई  जिज्ञासा बनाउने जात्रा हो, जात्रामा नत कुनै व्यानर राखिएको नत कसैले जात्रा के को लागि हो भनेर व्याख्या गरेको छ । यो मानिसलाई जिज्ञासु बनाउने नयाँ प्रकृतीको जात्रा हो । मिलनसार उद्यमी महिला  सहकारी संस्थाले तानसेन होलाङ्दीमा सञ्चालन गर्दै आएको  तरकारी थोक बजारको प्रचार प्रसार गर्न, उपभोक्तालाई स्थानीय ताजा सफा तरकारीको जानकारी दिन नयाँ शैलीबाट प्रचारप्रसार अयिभान गरिएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताइन । संस्थाले दैनिक रुपमा १० टन तरकारीको कारोबार गर्दै आएको जनाएको छ । 


    अहिले पाल्पाको तरकारी बुटवल बजारमा पुग्ने, सोही स्थान बाट विभिन्न भारतीय विषादीयुक्त तरकारी मिसिएर पुन तानसेनको बजार आउँदा व्यापारीदेखि उपभोक्तासम्म ५० प्रतिशतसम्म लागत महङ्गो पर्ने स्थिति रहेकोले पाल्पाको तरकारीलाई सिधैँ पाल्पामै खपत गरांै बढी भएको मात्र बाहिर पठाऔ भन्ने सन्देश दिन यो गाईजात्रे तरीकाबाट तरकारी प्रदर्शन गर्दै तानसेन बजारमा हिंडेको रेडाका बजार विकास अधिकृत निर्प परियारले बताए । 


     संस्थासँग अहिले पाल्पाका  करीव १८ सय कृषकहरु जोडिएका छन् । कृषकहरुले उत्पादन गरेको तरकारी ओजन प्रविधिबाट सफा गरी उपभोक्ताको घर–घरमा पु¥याउनको लागि  नयाँ तरीकाबाट कलाकारहरुको प्रयोग गरेर उपभोक्ताहरुको ध्यान तान्ने काम गरेको रेडा पाल्पाका  तरकारी प्रशोधन केन्द्रका प्रबन्धक संजितबहादुर कुँवरले जानकारी दिए ।  संस्थाले तानसेनको होलाङ्दीमा तरकारीको थोक बजार सञ्चालन गर्दै आएको छ । 


    मिलनसार तरकारी थोक बजार सञ्चालनको लागि तानसेन नगरपालिका, लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेशनल र रेडा पाल्पाले आवश्यक सहयोग गर्दै आएका छन् । स्थानीयस्तरमा कृषकहरुलाई व्यवसायिक बनाउँदै आयआर्जनमा वृद्धि गराउन, उनीहरुको व्यवसायमा हौसल्ला बढाउन, उपभोक्तालाई स्वच्छ, ताजा तरकारीको व्यवस्थापन गर्न मिलनसार तरकारी थोक बजार केन्द्रले निरन्तर काम गर्दै आएको छ । यो सहकारी संस्था महिलाहरुले मात्र सञ्चालन गर्दै आएको सहकारी संस्था हो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij