बुटवल । गुल्मीमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्।
रातिदेखि परेको अबिरल वर्षाका कारण जिल्लाको मालिका गाउँपालिका-६ अर्जै पोरिपोखरामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन्।
निवर्तमान वडाध्यक्ष शोभाखर गिरीले अहिले पहिरो स्थानमा पुग्न कठिनाई भएको बताए।घटनाको थप विवरण आउन बाँकी छ।




