२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रोटरी क्लव अफ बुटवल चौतारीको अध्यक्षमा पौडेल

रोटरी क्लव अफ बुटवल चौतारीको अध्यक्षमा पौडेल

रोटरी क्लव अफ बुटवल चौतारीको अध्यक्षमा पौडेल

रोटरी क्लव अफ बुटवल चौतारीको अध्यक्षमा पौडेल

रोटरी क्लव अफ बुटवल चौतारीको अध्यक्षमा पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ १६ २०८१
शनिवार, आषाढ १६ २०८१
  • बुटवल।  रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष ०२३/०२४ का अध्यक्ष दिनेशमणि सुवेदीले वर्ष २०२४/२५ का अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) लाई पद हस्तान्तरण गरे ।


    पद हस्तान्तरण कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले रोटरी क्लवहरु समाज परिवर्तनको संवाहक रहेको भन्दै स्वार्थरहितको सामाजिक सेवामा लाग्न सके मात्रै रोटरीको गरिमा र प्रतिष्ठा माथि उठ्ने बताए । 


    उनले शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष पौडेललाई आग्रह गरे ।आफ्नो व्यस्तताका बिच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समजसेवाका लागि विश्वप्रसिद्ध समाजसेवी महिला मदर टेरेसेबाट सिक्न पनि आग्रह गरे ।


    कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका अर्घाखाँचीका नगरप्रमुख छविलाल पौडेलले रोटरी क्लव अफ बुटवलले बिगदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अवको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।


    नवनिर्वाचित अध्यक्ष नुमलाल पौडेलले अबको एक बर्षमा क्लवको आफ्नै भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै शितगंगा नगरपालिका वडा नम्बर ६ र ७ लाई समेटेर एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको जानकारी दिंदै यसका लागि ६ नम्बर वडाका वडाअध्यक्ष क्रृषिबहादुर रेश्मीसँग सम्झौता भइसकेको बताए । यसका अलावा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा थप रचनात्मक काम गरी क्लवलाई सक्रिय बनाइराख्ने उनले अठोट व्यक्त गरे ।


    कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदीले एक वर्ष भित्र क्लवले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराएका थिए । यसैगरी आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई उनले धन्यवाद व्यक्त गरे ।


    कार्यक्रममा क्लवका एजी कृष्ण रावल, केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडीया, क्लवका सल्लाहकार राजेन्द्र ढकाल, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेल, क्लबका संस्थापक अध्यक्ष बिष्णु घिमिरे,  प्रेसिडेन्ट इलेक्ट डोलराज अधिकारी (राजु), ज्वाइन्ट सर्जन एट आम्र्स श्रीकान्त सुवेदीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । 


    क्लवको वर्ष २०२४/२५ को सचिवमा खगेन्द्र बेलबासे, कोषाध्यक्षमा विष्णु कंडेल, निवर्तमान अध्यक्षमा दिनेशमणि सुवेदी, प्रेसिडेन्ट इलेक्टमा डोलराज अधिकारी (राजु), प्रेसिडेन्ट नोमिनीमा कपिल पोखरेल, क्लव एडमिन्स्ट्रेटिभ चेअरमा कृष्णप्रसाद पाण्डे, मेम्बरसिप चेअरमा युवराज न्यौपाने, पव्लिक इमेज चेअरमा माधव कंडेल, सर्भिस प्रोजेक्ट चेअरमा विष्णु भट्टराई, द रोटरी फाउन्डेशन चेअरमा विष्णु पौडेल, युथ सर्भिस चेअरमा केशव पौडेल रहेका छन् । 


    त्यस्तै सम्पादकमा भिम पौडेल, ज्वाइन्ट सर्जन एट आम्र्समा श्रीकान्त सुवेदी, सहसचिवमा केशव भुसाल, सहकोषाध्यक्षमा ज्योती पौडेल, प्रेसिडेन्ट एडमाइजरमा विष्णु घिमिरे, सर्जन एट आम्र्समा अंकित क्षेत्री, क्लव एडभाइजरमा राजेन्द्र ढकाल र पाष्ट प्रेसिडेन्टमा सन्तोष केसी रहेका छन् । कार्यक्रमका अवसरमा क्लवका सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij