२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी सहित ४ प्रदेशमा मुसल्धारे वर्षाको सम्भावना

लुम्बिनी सहित ४ प्रदेशमा मुसल्धारे वर्षाको सम्भावना

लुम्बिनी सहित ४ प्रदेशमा मुसल्धारे वर्षाको सम्भावना

लुम्बिनी सहित ४ प्रदेशमा मुसल्धारे वर्षाको सम्भावना

लुम्बिनी सहित ४ प्रदेशमा मुसल्धारे वर्षाको सम्भावना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • काठमाण्डौ । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहि न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको अवस्थामा आज केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

    अहिले पश्चिम तराईका जिल्लामा पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गासहित बागमती प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा बढी वर्षा भएको छ । रोल्पा, दाङ, बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको छ । पानी धेरै परेसँगै पश्चिम राप्ती, राप्ती र बबई नदीमा बाढीको चेतावनी जारी भएको छ ।

    आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अत्याधिक मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि निरन्तर पानी परिरहेको र आज पनि धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी, डुवान तथा पहिरो लगायतका घटनाप्रति सचेत हुन महाशाखाले अनुरोध गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij