२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो।


    जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ। एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताए। उनले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताए। 


    'बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उदेश्यसहित किसानलाई पाडी वितरण गरिएको हो, उनले भने-किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मदत पुग्नेछ।' 


    आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए। उनका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन्। 


    बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो। 


    मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन  उपलब्ध गराइएको हो। 


    पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उनले बताए। गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिएको उनले बताए। आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरेको उनले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij