२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी वेपत्ता भएका हुन् । उनी आज दिउँसो साढे २ बजेबाट वेपत्ता भएको र अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरबा प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    एकै परिवारका ३ जना श्रीमान्, श्रीमती र छोरा भएर जाल हानी माछा मार्ने क्रममा अचानक डुंङ्गा पल्टन गरी माझी वेपत्ता भएका हुन् । उनकी श्रीमती र छोरा भने डुङ्गा समाएर बाच्न सफल भएको प्रहरीले जनाएको छ । 

    नारायणी नदी किनारमा बस्दै आएका नवलपुरका बोटे, माझी, मुसहर समुदायका अधिकांश परिवार अझै पनि नारायणी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका छन् । 

    नारायणी नदीमा पानीको बहाब बढेको कारण पनि खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij