२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • काठमाडाैं | मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना छ । 

    वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा 'रेड अलर्ट' जारी गरेको हो ।

    यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै 'यलो अलर्ट' जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

    विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।

    आजको मौसम कस्तो रहला ?


    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
     
    आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij