२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सार्वजनिक लेखा समितिको टोलीले बिमानस्थल र लुम्बिनीको स्थलगत अनुगमन गर्दै

सार्वजनिक लेखा समितिको टोलीले बिमानस्थल र लुम्बिनीको स्थलगत अनुगमन गर्दै

सार्वजनिक लेखा समितिको टोलीले बिमानस्थल र लुम्बिनीको स्थलगत अनुगमन गर्दै

सार्वजनिक लेखा समितिको टोलीले बिमानस्थल र लुम्बिनीको स्थलगत अनुगमन गर्दै

सार्वजनिक लेखा समितिको टोलीले बिमानस्थल र लुम्बिनीको स्थलगत अनुगमन गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • बुटवल । संघीय संसदको सार्वजनिक लेखा समितिले भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र लुम्बिनी विकास कोषको स्थलगत अनुगमन गरिरहेको छ । 


    असार १६ गते आईतबार आएको १० सदस्यीय टोलीले पहिलो दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय, भैरहवाको  बारेमा प्रस्तुतीकरण भएको सदस्य संयोजक योगेश कुमार भट्टराईले जानकारी दिए । 


    उनले  विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी खर्च तथा निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटीहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावि कार्ययोजना लगायतका विषयमा छलफल भएको जानकारी दिए । 


    यस्तै दोस्रो दिन बिहानी सत्रमा बिमानस्थलको अवलोकन तथा लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समिति, मुख्य मन्त्री, पर्यटनमन्त्री र प्रमुख सचिव, पर्यटन सचिव, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, तीनवटै सुरक्षा निकायका रुपन्देही जिल्ला प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, संघीय संसद र प्रदेश सभाका जनप्रतिनिधि (रुपन्देही, नवलपरासी र कपिलवस्तु) संग भेटघाट तथा छलफल हुने सदस्य संयोजक भट्टराईले जानकारी दिए । 


    यस्तै ना.उ. आयोजना कार्यालय, अध्यागमन र भन्सार कार्यालयका प्रमुखहरु, लुम्बिनि बिकास कोपका पदाधिकारी, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, रुपन्देही, होटल एसोसियसनलगायत पर्यटन क्षेत्रका जिल्ला प्रतिनिधि, पत्रकारहरुसंग भेटघाट तथा छलफल हुने उनले जानकारी दिए । 


    सोमबार नै लुम्बिनी विकास कोषमा पुगेर कोषको बारेमा अध्ययन तथा अन्तरक्रिया हुने छ । यस्तै कोषले आफ्नो प्रस्तुतीकरण राख्ने कार्यक्र रहेको बतार्ईएको छ । 
    टोलीले असार २३ देखी २५ गतेसम्म पोखरा अन्तराष्ट्रिय बिमानस्थलको अनुगमन गर्ने समितिले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij