२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परेर गुल्मीमा पाँच, स्याङ्जामा दुई र बाग्लुङमा दुई गरी नौ जनाको निधन भयो । असार १२ गते बाढी र पहिरोलगायत विपद्मा परेर १४ जना नागरिकले ज्यान गुमाएका थिए । मनसुन सुरु भएयता अहिलेसम्म मुलुकमा साढे दुई दर्जनको ज्यान गएको छ । 


    मनसुन सुरु भएपछि परेको वर्षाले धान रोपाइँ गर्न पाएका किसान जति खुशी छन्, नागरिकको घरदैलोमा विपत्तिको त्रास उस्तै छ । पहाडमा बाढी र पहिरो तथा तराईमा डुबानले नागरिकको जीवन जोखिममा परेको छ । गुल्मीमा एकै परिवारका पाँच जनाको निधन घर माथिबाट पहिरो खसेर घर पुर्दा भयो । मध्यरातमा खसेको पहिरोमा पुरिएका उनीहरुलाई भोलिपल्ट मात्रै शव निकाल्न संभव भयो । स्याङ्जा र बाग्लुङमा ज्यान गुमाएकाहरु पनि पहिरोमा पुरिएर हो । पहाडमा पहिरोको उच्च जोखिम छ । पहाडमा सडक खन्नका लागि मनपरी डोजर प्रयोग भएको छ । मनपरी खनेका सडक पहिरो बढाउने साधन भएका छन् । सडक खन्दा कतिपय गाउँका घर जोखिममा परेका छन् । खेतीयोग्य जमिन नोक्सान भएको छ । विकास पु¥याउन खोज्दा विनाश बढेको छ ।


    जोखिमयुक्त बस्ती पहिचान  गरी त्यस्ता ठाउँबाट नागरिकलाई अन्यत्र व्यवस्थापन गर्न सरकारको प्राथमिकता हुनुपर्छ । संविधानले सुरक्षित आवासलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । संविधानको कार्यान्वयन गर्न  सरकारले सुरक्षित आवासको व्यवस्था गर्दै लैजानुपर्छ ।  पहाडमा छरिएर रहेका बस्तीलाई एकीकृत बस्ती विकासको मोडलमा बढ्नुपर्छ । त्यसो गर्दा विपद् व्यवस्थापन गर्न सकिन्छ  नै पूर्वाधारलगायतका विकासका कार्यक्रम सञ्चालन गर्न सहज हुन्छ । राज्यले गर्ने लगानीले प्रतिफल र नतिजा दिन सक्छन् ।


    यो वर्षको मनसुनमा वर्षा  सरदरभन्दा बढी पर्ने आँकलन भएको छ । जल तथा मौसम विज्ञान विभागले ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने आँकलन गरेको  छ । लामो खडेरी परेपछि भएको यो मनसुनको वर्षा विचित्रको छ । वर्षा एकैपल्ट ठूलो परेको छ । सिमसिम वर्षाले जोखिम कम गराउँछ । छोटो समयमा धेरै वर्षा भइरहेकोले बाढी र पहिरोको जोखिम बढाएको छ । वर्षाको यो प्रवृत्ति हेरेर तहगत सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्छ । तहगत सरकारका सरोकारवाला कार्यालयबीच समन्वय र सहकार्यको खाँचो छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij