रुपन्देही । जिल्लाको रोहिणी खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
मकवानपुर राक्सिङ्ग गाउँपालिका वडा नम्बर ८ बस्ने अन्दाजी १९ वर्षिय सागर पर्जा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिए ।
पर्जा रोहिणी गाउँपालिका वडा नम्बर ३ मा नेपाल आयल निगमको जग्गामा मजदुरको काम गर्थे । सोमबार करिब साढे ११ बजे अन्य २ जना साथी सहित खोलामा पौडी खेल्न पसेका पर्जालाई खोलाले बगाएको प्रहरी नायब उपरिक्षक भट्टले बताए ।
बेपत्ता युवकको शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले खोजी गरे पनि समाचार तयार पार्दा सम्म भेटिएको थिएन । खोजी कार्य जारी रहेको छ ।




