२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते
फाइल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • नवीन लोचनमगर / रोल्पा । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

    मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार दुर्घटनास्थलबाट ११ जनाको उद्धार गरिएको थियो ।

    उनीहरुमध्ये पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको भनिए पनि प्रहरीले भने अस्पतालले पुष्टि नगर्दासम्म भन्न नसकिने बताएको छ । जिपमा ११ जना सवार रहेको बुझिएको छ ।

    दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij