२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा ढुंगाना निर्वाचित

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा ढुंगाना निर्वाचित

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा ढुंगाना निर्वाचित

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा ढुंगाना निर्वाचित

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा ढुंगाना निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १९ २०८१
मंगलवार, आषाढ १९ २०८१
  • खिम खड्का/ काठमाडौं ।  लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले पदभार ग्रहण गरेका छन । यो सङ्गै उनले आफ्नो कार्यकाल सुरू गरेका छन् ।

    लायन्सको विश्वव्यापी प्रचलन अनुरूप जुलाई १ लाई नयाँ कार्यकालको सुरूवातको दिन मानिन्छ । ढुंगानासँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पनि पदभार ग्रहण गरेका छन  ।

    नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्ष जुन ३० सम्मका लागि गभर्नरका रूपमा ढुंगानाले पदभार ग्रहण गरेका हुन् ।

    सोमवार काठमांडौमा सम्पन्न पद ग्रहण समारोहमा लायन्सका अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका सहित सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

    पद ग्रहण पश्चात गभर्नर ढुंगानाले लायनहरुको नयाँ बर्ष आजबाट शुरु भएको बताउँदै हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले तयार पारेको आधार स्तम्भमा टेकेर थप उचाईमा पुर्याउने प्रणका साथ कार्यकाल शुरु गरेका बताए ।  यो उत्सव मात्र नभई महाउत्सव हो, गभर्नरको मात्र नभई सबै लायन्सको बर्ष हो सबैको साथ सहयोगको अपेक्षा गर्दछु, उनले भने साथै उनले आफ्नो कार्यकालको थिम मानवता पहिलो प्राथमिकता (Humanity Frist) को नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन सबैलाई आग्रह गरे ।

    लायन वर्ष २०२४/२५ मा वर्षभरी मानवतामा आधारित भएर विभिन्न कार्यक्रम गर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताए । मानविय सेवाका कार्य अन्तर्गत घरदेखि घाटसम्म "मान्छेको अन्तिम संस्कारसम्मका" कार्य जोडिने रहेका छन् । त्यस्तै, अपाङ्गता हाम्रो आत्मियता, हंगर रिलिफ, क्लोथ बैंक, डिष्ट्रिक्ट मोबाइल एप साथै लायन्स मार्फत युवालाई जोड्ने कार्य मुख्य कार्यक्रम लायन्स पाठशालालाई प्राथमिकतामा राखिएको बताउदै संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनाउने गरी कार्यसम्पादन गर्ने तयारीमा डिष्ट्रिक्ट रहेको पनि उनले बताए ।

    त्यस्तै लाएन्सका डिस्ट्रिक्ट प्रबक्ता बिष्णु भण्डारीले क्लबले वृक्षारोपण, विभिन्न आश्रमहरुमा खाद्यान्न सहयोग, आखाँको क्षेत्रमा, प्रयावरणमा, रुबेला नियन्त्रण, डाइबेटिज नियन्त्रण, मानविय सेवा र उद्धार लगायतका क्षेत्रमा काम गरिरहेको बताए साथै उनले आगामी दिनमा पनि यसरी नै अगाडी बढ्ने बताउदै,डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङ्गानाले लिएका नारा र योजनालाइ साकार पार्न पुर्ण रुपमा साथ र सहयोग गर्ने पनि प्रबक्ता भण्डारीले बताए । 

    डिष्ट्रिक्टमा हाल १९३ क्लब रहेका छन् ४१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा दर्तासँगै २३४ क्लब पुगेका छन । यो क्लब विश्वका बिभिन्न देश र क्षेत्रहरुमा सक्रिय रहँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij