२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

१५ वर्षसम्म भएन प्रगतिनगर खानेपानीको अधिवेशन,सिडिओलाई ज्ञापन

१५ वर्षसम्म भएन प्रगतिनगर खानेपानीको अधिवेशन,सिडिओलाई ज्ञापन

१५ वर्षसम्म भएन प्रगतिनगर खानेपानीको अधिवेशन,सिडिओलाई ज्ञापन

१५ वर्षसम्म भएन प्रगतिनगर खानेपानीको अधिवेशन,सिडिओलाई ज्ञापन

१५ वर्षसम्म भएन प्रगतिनगर खानेपानीको अधिवेशन,सिडिओलाई ज्ञापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २० २०८१
बुधवार, आषाढ २० २०८१
  • बुटवल ।   १५ वर्षसम्म बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशन नभएको भन्दै टोल विकास संस्था र उपभोक्ताहरुको समूहले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहित पांच वटा निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

    २०६४ सालयता साधारणसभा र अधिवेशनन नभएकाले ३५ दिनभित्र साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी,बुटवल उपमहानगरपालिका,खानेपानी डिभिजन कार्यालय बुटवल, बुटवल ११ वडा कार्यालय र प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थामा ज्ञापनपत्र बुझाएका हुन्।


    बिसी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर कुँवरको संयोजकत्वमा  खानेपानी संस्थाका सहसचिव टिकाराम सुनार र प्रशासन प्रमुख निर्मला पाण्डे सहितलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    २०६४ भदौ १५ गते साधारण सभा गरेको संस्थाले त्यस यता १५ वर्षसम्म पनि साधारण सभा र अधिवेशन नगरेको हुंदा अधिवेशन गर्न अनुरोध गर्दा समेत बेवास्ता गर्दै आएकाले उपभोक्ताहरुका प्रतिनिधी र टोल विकास संस्थाहरुको बैठक बसी ३५ दिन भित्र साधारण सभा तथा अधिवेशन गर्न माग गर्ने निर्णय अनुसार ज्ञापनपत्र बुझाइएको एफ सेक्टर टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।


    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले यथाशीघ्र अधिवेशन गर्न निर्देशन दिने  आफूहरुलाई बताएको अध्यक्ष गुरुङले बताए ।लामो समयसम्म संस्थाको साधारणसभा तथा अधिवेशन नहुँदा आर्थिक अनियमिततासमेत भएको हुनसक्ने उपभोक्ताको आशंका रहेको संयोजक विरबहादुर कुंवरले बताए ।


    अध्यक्ष मल्लले २०६७ सालदेखि साधारणसभा तथा अधिवेशन हुन नसकेको स्वीकार गर्दै तीनपटक साधारणसभा तथा अधिवेशन गर्ने निर्णय भएपनि भुकम्प, कोरोना महामारी लगायतका कारण अधिवेशन सम्पन्न गर्न नसकिएको उनले बताए ।


    संस्थाले संरक्षण गरी राखेको जग्गामा बुटवल उपमहानगरपालिकाले हस्तक्षेप गरेपछि उच्च अदालन तुलसीपुर बुटवलमा मुद्दा दर्ता भएको र अन्तिम फैसला आइनसकेकोले संस्थाले अहिले कुनैपनि कार्यक्रम नगरेको अध्यक्ष मल्लले बताए । अन्तिम फैसला आइसकेपछि साधारणसभा तथा अधिवेशन गर्ने भनेर निर्णय भइसकेको समेत उनले बताए । २०६२ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६४५ घरधुरी उपभोक्ता रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij