२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पूर्व अध्यक्ष ज्ञवालीको निधन

पूर्व अध्यक्ष ज्ञवालीको निधन

पूर्व अध्यक्ष ज्ञवालीको निधन

पूर्व अध्यक्ष ज्ञवालीको निधन

पूर्व अध्यक्ष ज्ञवालीको निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • बुटवल । दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष एंव समाजसेवी ऋषि ज्ञवालीको विहिवार विहान निधन भएको छ । ६८ वर्षीय ज्ञवालीको उपचार गर्दागर्दै काठमाडौंको मेडिसिटी अस्पतालमा विहान ३ बजे निधन भएको हो ।


    पाँच महिना अघि उहाँको मृगौला प्रत्यारोपण भएको थियो । २०१३ साल भदौ २४ गते भारतको शिलाङमा जन्मनुभएका ज्ञवाली तत्कालीन नेकपा मालेमा संगठित भई राजनैतिक आन्दोलनमा क्रियाशिल हुनुहुन्थ्यो ।


    उहाँ लामो समय मणिमुकुन्द सेन उद्यानकोउपाध्यक्ष भई उद्यानको संस्थागत विकासमा योगदान गर्नुभएको थियो । एन्फा एकेडेमीमा आबद्ध भई फुटवलको व्यवसायिक विकासमा महत्वपूणर् भूमिका खेल्नुभएको थियो । 


    बुटवलमा केन्द्रीय कार्यालय भएको सिद्धार्थ डेभलपमेण्ट बैंकको स्थापनाकालमा सञ्चालक रहनुभएका उहाँ यहाँका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । स्वर्गीय ज्ञवालीको विहिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका एक छोरा र दुई छोरी छन् । 


    सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति निकाल्दै पूर्व अध्यक्ष ज्ञवालीको निधनले स्तब्ध बनाएको बताउनुभएको छ । ॅस्वर्गीय ज्ञवालीले दैनिक लुम्बिनीको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ, यो योगदान हामीले सधैं सम्झने छौं, हाम्रा अभिभावकले मार्गनिर्देश गरेको बाटो हामीलाई सधैं प्रेरणादायी हुनेछ,—विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij