२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा 'रेडअलर्ट' जारी

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा 'रेडअलर्ट' जारी

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा 'रेडअलर्ट' जारी

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा 'रेडअलर्ट' जारी

देशका धेरै ठाउँमा रातिदेखि वर्षा, पश्चिमका ३० जिल्लामा 'रेडअलर्ट' जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • बुटवल ।देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।​जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । 

    यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने  स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने छ । मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

    शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको महाशाखाले जनाएको हो । आज दिउँसो कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि कोशी,  मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij