२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्छन्– सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्छन्– सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्छन्– सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्छन्– सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो

हिलाम्मे खेतजस्तै सडक, वडाध्यक्ष भन्छन्– सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मेहम्मे पर्छ । 

    सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रेको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम भइरहेको छ । तर, पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।


    राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् ।

    “हिउँदभरि बनायो, बर्खाभरि बगायो भइरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैँ पीडित हुने गरेका छौँ”, काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, “मध्यपहाडीबाट आएको भलबाढी घरघरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो ।”

    जिल्लाका अधिकांश सडक रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् । हिलो र गेग्रायनले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ –१२ का शिव पाठक बताउँछन् । 
     
    सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिरोका कारण समयमा सडक खुल्दैनन् । 

    “नगरले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम गरिरहेकै छ । तर, निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्”, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन्, “बर्खा रहुञ्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।” 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij